जाडो मौषममा हिटर ताप्ने सामान्य कुरा हो । अधिकाँश हुने खानेका घरमा हिटर तापिन्छ । मानिसहरु जाडोबाट बँच्न विभिन्न प्रकारका हिटर प्रयोग गर्छन् ।

यस्ता हिटरले तपाइँलाई चिसोबाट बँचाएपनि यसले स्वास्थ्यमा भने गम्भिर असर पार्ने एक अध्यनले देखाएको छ ।

छाला विशेषज्ञहरुको रायमा आधारित यो अध्यनका अनुसार हिटर ताप्ने मानिसहरुलाई चिसोबाट बँच्न मद्दत पुगेपनि स्वास्थ्यको दृष्टिले भने घातक हुन सक्छ ।

heater

हिटरले तपाइँको छालालाई रुखो बनाउने, चिलाउने, छालामा विभिन्न खालका डावर देखिने र छालामा चाउरी पर्ने समस्या देखिने चिकित्सकहरुको भनाइ छ ।

रूम हिटरको प्रयोगले छालाको रोग समेत निम्त्याउने उनीहरु बताउँछन् ।

heater 1

हिटरबाट निस्किने हावाले छालामा नकारात्मक प्रभाव पार्ने र छालाको भित्री भागमा हुने सोलिङ टिस्युलाई क्षतविक्षत तुल्याइदिने भएका कारण यसले छालामा विकार ल्याइदिन्छ ।

कसरी बँच्नेः

सके सम्म हिटरको प्रयोग कम गर्ने । त्वचालाई सफा राख्नुस् र मोस्चराइजर प्रयोग गर्नुस् । हिटर बाल्नु परे कोठामा प्रयाप्त हावा खेल्ने वातावरण बनाउनुस् । हिटर तापेपछि १-२ गिलास पानी पिउने गर्नुस् ।

यो पनि हेर्नुस् 

सावधान ! घोप्टो परेर कहिल्यै नसुत्नुस्

कोक, फेण्टा र स्प्राइटमा पिउँदै हुनुहन्छ भने सावधान !

सावधान ! फेसबुकमा भुलेर पनि नगर्नुस यो काम