भ्यालेन्टाइन्स डे को मौषममा जोडीहरुले प्रेम ब्यक्त गर्ने विभिन्न तरिका अपनाउँछन् । यो समयमा प्रेम प्रदर्शनहरुले अनेक अनेक ठाउँमा जान्छन् र तर यही समयमा सिङ्गल हुनुको पनि आफ्नै फाइदा छन् ।

यहाँ सिंगल हुनुका अर्थात गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नहुनुका फाइदा बारे चर्चा गरिएको छ ।

१ पैसाको बचतः
गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नहुँदा तपाइँलाई सपिङ गर्ने देखि बजार जानेको तनाव झेल्नु पर्दैन । उसलाई के मन पर्ला के मन पर्ला भनेर टेन्सन लिइराख्नु पनि पर्दैन । मन लागेको कुरा किन्यो र आफूलाई मायाँ गरे पुग्छ ।

single 1

२ कहाँ जाउँ के गरौं:
गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड भएपछि कहाँ जाउँ के गरेर मनाउ लगायतका तनाव हुन्छन् । परिवारलाई झुट बोलेर पनि विभिन्न समयमा डेटिङ मिलाउनु पर्ने हुन्छ । गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नहुँदा यस्तो तनावबाट मुक्ति मिल्छ ।

३ साथीभाइ सम्बन्धः
गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नभएपछि साथीभाइसँग सम्बन्ध विग्रिने सम्भावना हुँदैन । साथीभाइसँग जहाँ जान र रातिमा बसेर रमाइलो गर्दा समेत कसैले प्रश्न गर्दैन ।

४ विशेष दिनः
गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नहुँदा रोज डे, हग डे वा प्रपोज डे जस्ता दिन सम्झि राख्ने झण्झट हुँदैन । आफ्नो विदाको समय आफ्नै तरिकाले योजना बनाएर विताउन पाइन्छ ।

५ सार्वजनिक स्थानमा तनावरहितः
गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड भए सार्वजनिक स्थलमा कस्ले देख्ला कि केही भन्ला कि भन्ने डर मनमा भइरहन्छ । तर नभएमा सार्वजनिक स्थानमा सुरक्षित महसुस हुन्छ । सार्वजनिक स्थानमा पनि सहज तरिकाले हाँसी मजाक गर्न पाइन्छ ।

single vs love 2

६ दिक्कः
जव तपाइँ सम्बन्धमा हुनु हुन्छ वा पति पत्नि हुनु हुन्छ त्यतिबेला तपाइँलाई मन परे पनि नपरे पनि कर्तब्य निभाउनेरुपमा प्रेम गर्ने पर्छ । तर गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नभएमा यस्तो झन्झट गर्न पर्दैन । तपाइँ यस्तो आडम्बरबाट बँच्न सक्नु हुन्छ ।

७ विश गर्ने दिक्दारीः
विहान उठेपछि गुड मर्निङ देखि चिया खाएको देखि सुत्ने बेला सम्म पटक पटक ग्रिटिङ र विश गर्न र मेसेज पठाइरहनु पर्दैन यदि तपाइँसँग गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड छैन भने । फोन अफ नै गरेपनि कसैले केही भन्दैन ।

८ सिंगल हुने रहरः
कुनै पनि सम्बन्ध बनाउन तर त्यसलाई कायम राख्न निक्कै कठिन हुन्छ । यदि तपाइँ सम्बन्धमा आएर झन्झट अनुभव गर्न थाल्नु भो भने सिंगल हुने कल्पना गर्न थाल्नु हुन्छ । गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड नभए यस्ता तनाव केही पनि हुँदैनन् ।

single vs love 1

९ झुटा प्रशंसाः
प्रेम सम्बन्ध कायम राख्न विभिन्न खालका झुटा प्रशंसा पनि गर्नु पर्छ । दिनदिनै कुनै न कुनै फ्लर्ट गर्नु पर्ने हुन्छ । सम्बन्ध कायम राख्नका लागि यस्ता ब्यवहार गरिरहँदा दिक्क हुने समस्या हुँदैन जोसँग गर्ल फ्रेण्ड-ब्याइ फ्रेण्ड हुँदैन ।

१० सपनाको जिन्दगीः
सिङ्गल हुनुको सबै भन्दा ठूलो फाइदा हो स्वतन्त्रता । तपाइँलाई विभिन्न म परेका खेल हेर्न छोडेर डेटिङ जानु पर्दैन । सिङ्गल हुनुस् जिन्दगीको मजा लिनुस् ।

यो पनि हेर्नुस्

भ्यालेन्टाइन्स डे मनाउन नहुने ८ कारण

भ्यालेन्टाइन्स डेमा पुनम पाण्डेको फोटो सुट (तस्विर सहित)