कसलाई के भन्न नहुने के भन्न हुने भन्ने कुरा समय र परिस्थितिले निर्धारण गर्छ । तर कतिपय कुरा यस्ता छन् जुन महिलालाई कहिल्यै पनि भन्नु हुँदैन ।

यदी तपाइँले त्यस्ता कुरा भन्न थाल्नु भो भन् सम्झिनुस् तपाइँको सम्बन्धको आयु लामो छैन ।

थाहा पाइ राख्नुस् कुनै पनि स्त्रीलाई भन्न नहुने ३ कुराः

१ ‘आमाले भन्दा मिठो खाना त कसैले बनाउँदैन’ ।

boy talking to girl
खासगरी प्रेमिका वा पत्निले यस्तो कुरा सुन्न मन पराउँदैनन् । यस्तो भन्दा उनीहरुले आफू अपमानित भएको महसुस गर्छन् । आमाको प्रसंसा गर्नु एउटा कुरा हो तर प्रेमिका वा पत्नीको अगाडी निरन्तर आमाको प्रसंसा गर्न थाल्नु भो भने तपाइँ गलत गर्दै हुनु हुन्छ । यसको अर्थ तपाइँलाई प्रेमिका वा पत्नि साथमा हुँदा पनि खाली आमाको मात्र याद आउँछ उनीहरुको साथले सुरक्षित लाग्दैन भन्ने हो । यसको असर तपाइँको पार्टनरमा झनै नकारात्मक हुन्छ ।

 

२ यस्तो कपडा किन लगाएको ?

यदि तपाइँ प्रेमिका वा कुनै स्त्रीसँग पहिलो भेटमा जाँदै हुनु हुन्छ भने उसले लगाएको पहिरनको विषयमा नकारात्मक कुरा नगर्नुस् । प्रसंसा सुन्न सक्छन् तर स्त्रीले शुरुमै तपाइले पहिरनको विषयमा नकारात्मक टिप्पणी गरेको मन पराउँदैनन् । बरु तपाइँलाई उनको पहिरन मन परेन भने विकल्पमा यस्तो लगाउन सकिन्छ भनेर घुमाउरो भाषामा भन्नुस् तर सिँधै के यस्तो लगाएको वा यस्तो कपडा नलगाउ भन्ने जस्ता कमेन्ट नगर्नुस् । शुरुवाती भेटमा प्रसंसा नै उत्तम हो ।

girl flirting boys 1

३ ‘पैसा तिर’

कुनै पनि महिलासँग कतै जानु भो या रेष्टुरेन्टमा खानु भो भने कहिल्यै पनि पैसा तिर्न नलगाउनुस् । कमसेकम पहिलो भेटमा आफ्नो लागि खर्च गरोस् भन्ने स्त्रीको चाहाना हुन्छ । महिलाले तिर्न खोजे पनि आफू तिर्न तयार भएको सन्देश दिनुस् नत्र तपाइँको इज्जत माटोमा मिल्न सक्छ कम्तिमा ती स्त्रीको नजरमा ।