सुताइ मानिस स्वास्थ्यका लागि अपरिहार्य विश्रामको अवस्था हो । सुताइ नपुगे हामी विरामी पनि परिन्छ । तर हामी दिनमा कति घण्टा सुत्नु राम्रो होला ? कतिपय मान्छे ६ घण्टा सुत्नु सबै भन्दा राम्रो हुन्छ भन्छन् भने कतिपय ८ घण्टा । अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेसनले हालै गरेको एक अध्यनले मानिसको उमेर अनुसार निद्राको जरुरत फरक फरक हुने देखाएको छ ।

sleeping 3

भर्खरै जन्मेका नवजात शिशुहरुलाई सबै भन्दा बढी १९ घण्टाको निद्रा आवश्यक पर्ने उक्त अध्यनको निष्कर्ष छ ।

तीन महिना भन्दा कम उमेरका शिशुलाई दिनमा १४ देखि १७ घण्टा सुत्नु आवश्यक पर्छ । तर उनीहरु १९ घण्टा भन्दा बढी सुत्नु लाभदायक नहुने शोधकर्ताको भनाइ छ ।

त्यस्तै ४ देखि ११ महिनाका बच्चालाई १२ देखि १५ घण्टाको निद्रा आवश्यक हुने र यिनीहरु १८ घण्टा बढी सुत्नु राम्रो नभएको अध्यनको निष्कर्ष छ ।

१ देखि २ वर्ष भित्रका बच्चाहरुका लागि १४ घण्टा सम्म निद्रा आवश्यक हुने र १६ घण्टा भन्दा बढी सुत्न दिनु हुँदैन ।

त्यसैगरी ३ देखि ४ वर्ष उमेरका बच्चाहरुलाई १० देखि १३ घण्टाको निद्रा आवश्यक हुने र यस्ता वालवालिका १४ घण्टा भन्दा बढी सुत्नु राम्रो नहुने विशेषज्ञहरुको भनाइ छ ।

 

त्यसैगरी ६ देखि १३ वर्षबीचको उमेरका वालवलिकालाई ११ घण्टा सम्मको निद्रा आवश्यक पर्छ भने १२ घण्टा भन्दा बढीको निद्रा राम्रो हुँदैन ।

१४ वर्ष देखि १७ वर्षको उमेरका किशोर किशोरीहरुका लागि ८ देखि १० घण्टा सम्मको निद्रा आवश्यक पर्ने र ७ घण्टा भन्दा बढी राम्रो नहुने मानिन्छ ।

sleeping 1

१८ देखि २५ वर्ष उमेरका युवाहरुलाई ९ देखि ९ घण्टा सुत्न उपयुक्त हुने र ११ घण्टा बढी सुत्न नहुने मानिन्छ ।

२६ देखि ६४ वर्ष उमेरका बयस्कहरुका लागि पनि बढीमा ८ देखि ९ घण्टाको सुताइ आवश्यक पर्ने विशेषज्ञहरुको भनाइ छ ।

६५ वर्ष भन्दा माथिका वृद्ध वृद्धाले भने दिनमा ७ देखि ८ घण्टा सम्म मात्र सुते पुग्ने विज्ञहरुको भनाइ छ । तर उनीहरुले ९ घण्टा भन्दा बढी सुत्नु राम्रो नहुने बताइन्छ ।

एजेन्सीको सहयोगमा ।

 

यो पनि हेर्नुुस् 

लुगा फुकालेर सुत्दाका फाइदा

यी ३ समयमा कहिल्यै नसुत्नुस

यो दिशामा सिरानी गरेर कहिल्यै पनि नसुत्नुस्