यस वर्षको महाशिवरात्रीलाई ४८ वर्षपछिको सबै भन्दा महत्वपूर्ण दिन मानिएको छ । यस पटकको शिवरात्रीमा शुक्र र वृहस्पति उच्च राशिकोरुपमा रहेका छन् ।

बुध, मकर राशिमा रहने छ भने मंगल, मित्र राशि मीनमा रहने छ । यस अघि सन् २९६७ मा शिवरात्रीको दिनमा वृहस्पति र शुक्र उच्च राशिमा थिए । यो दुर्लभ संयोगले सबे राशिहरुलाई राम्रो हुने ज्योतिषशास्त्रीहरुको भनाइ छ ।

Shiva Ratri

शिवरात्रीको दिनमा कुन राशिले के गर्ने?

मेष- महाशिवरात्रिको दिनमा मेष राशि भएका ब्यक्तिले आकको फूल चढाउनु राम्रो मानिन्छ । यसो गर्दा अचानक लाभ प्राप्त हुन सक्छ ।

वृष- यो राशिका ब्यक्तिले शिवरात्रीको दिनमा जल मिश्रित दुध शिवलिड्गमा चढाउनु राम्रो हुन्छ । यसले जीवनमा उत्पान्न निराशा हटेर जाने धन प्राप्ति पनि हुन सक्नेछ ।

मिथुन– मिथुन राशि भएका ब्यक्तिहरुले भोलेनाथलाई बेलपत्र चढाउनु राम्रो छ । यसले जमिन सम्बन्धि फाइदा हुन सक्छ ।

कर्कट- कर्कट राशि भएका ब्यक्तिले शिवलाई चन्दन चढाउनु राम्रो हुन्छ । यसले जीवनमा सफलता हात लाग्छ तर हरेक काममा अतिरिक्त मेहनत गर्नु पर्ने योग छ ।

सिंह- सिंह राशिभएका ब्यक्तिलाई महाशिवरात्रिको साँझमा घिउको बत्ति बाल्नु राम्रो मानिएको छ । तपाइँले आँटेका काम पुरा हुने र आत्मबल बढ्ने योग छ ।

कन्या- कन्या राशि भएका ब्यक्तिले शिवलाई खुसी तुल्याउन शिवलिङ्मा बेलपत्र चढाउनु राम्रो हुन्छ । यसल तपाइँको नकारात्मक समय सकारात्मकमा बदलिन सक्छ ।

तुला- तुला राशि भएका ब्यक्तिले शिवरात्रीको दिनमा मक्खन र मिश्रीको भोग लगाउनु राम्रो मानिन्छ । यसले भाग्य चम्किने र लक्ष्य प्राप्ति हुने योग बन्न सक्छ ।

Shiva Ratri 1

वृश्चिक- यो राशिका ब्यक्तिले महाशिवरात्रिको दिन शिवलिङ्गमा काँचो दुध चढाउनु राम्रो हुन्छ । यसो गर्दा तपाइँको योजना सफल हुने योग बन्न सक्छ ।

धनु- धनु राशिका ब्यक्तिले शिवरात्रीको दिन बेलपत्र चढाउनु राम्रो हुन्छ । यसले तपाइँको काममा सफलता मिल्ने योग छ ।

मकर- मकर राशिका ब्यक्तिले शिवरात्रीमा सेतो फूलले पुजा गर्नु राम्रो मानिन्छ । यसो गर्दा तपाइँको मान सम्मान बढ्छ ।

कुम्भ- यो राशिका ब्कयक्तिले भोलेनाथलाज्ञ प्रशन्न पार्न केसर मिसिएको दुध चढाउनु राम्रो हुन्छ । यसो गर्दा तपाइँका तनाव र झन्झटहरु हट्ने योग छ ।

मीन- मीन राशि भएका ब्यक्तिले शिवलाई अक्षता र चन्दन चढाउनु राम्रो हुन्छ । यसो गर्दा शुभ समाचार सुन्न पाइने योग छ ।

 

यो पनि हेर्नुस् 

कुन कुन राशिलाई हुन्छ प्रेममा समस्या

नयाँ वर्ष २०७१ को राशिफल यस्तो छ

कुन राशिले कसरी यौन आनन्द लिन्छन् ?