हस्तरेखा विज्ञानमा हत्केलामा हुने द्वीप अर्थात टापु जस्तो चिन्हलाई दुर्भाग्य र दुर्घटनाको प्रतिक मानिन्छ । हत्केलामा यस्तो चिन्ह छ भने तपाइँको काम विग्रने वा अशुभ हुने ज्योतिषशास्त्रीको भनाइ छ ।

हस्तेलाको कुन भागमा यस्तो चिन्हले के अर्थ दिन्छ ?

१ वृहस्पतिमा द्वीप – यदि तपाइँको हत्केलामा वृहस्पति पर्वतमा द्वीप अर्थात टापुको चिन्ह छ भने तपाइँको आत्मविश्वासमा कमि रहन्छ । यसले तपाइँलाई महत्वाकाँक्षी बन्न पनि दिँदैन ।

palm reading

२ शनि पर्वतमा द्वीप – हत्केलामा हुने शनि पर्वतमा टापु छ भने यसले जीवनलाई सुखमय हुन दिँदैन । यस्तो चिन्ह भएका ब्यक्तिले जीवनभरी संघर्ष गर्नस पर्छ ।

३ सूर्य पर्वतमा द्वीप – सूर्य पर्वतमा द्वीप हुनुलाई मानिसको ब्यवहारसँग सम्बन्धित मानिन्छ । यस्तो चिन्ह हुने ब्यक्तिले अरुको डाहा बढी गर्छन् । यसले धन समप्तिको पनि नाश गराइदिन्छ ।

४ बुध पर्वतमा द्वीप – बुध पर्वतमा यस्तो चिन्ह छ भने तपाँइको ब्यवसायमा घाटा हुने र नोक्शानी हुन्छ । यसले बौद्धिक कार्यमा पनि नोकशानी पुर्‍याउन सक्छ । त्यति मात्र होइन नोकशानीको मजाक बनाइने खतरा समेत हुन्छ ।

५ मंगल पर्वतमा द्वीप – मंगल पर्वतमा द्वीपको चिन्ह छ भने यस्ता ब्यक्ति षडयन्त्रमा पर्न सक्छन् । यो चिन्हले मानिसलाई डरपोक वा कायर पनि बनाउन सक्छ ।

palm reading 1

६ चंद्र पर्वतमा द्वीप – चंद्र पर्वतमा टापुको चिन्ह छ भने यस्ता ब्यक्ति निर्दयी स्वभावका हुन्छन् । यसले कलात्मक गुणलाई समेत कम गराइदिन्छ ।

७ शुक्र पर्वतमा द्वीप – शुक्र पर्वतमा द्वीपको चिन्ह हुनेहरु आफन्तबाट टाढा बस्नु पर्छ । यस्ता ब्यक्तिलाई प्रियजनसँग नजिक बस्ने समय नै जुर्दैन ।

 

यो पनि हेर्नुस् 

कस्तो छ तपाइँको हत्केलाको रंग

विहान उठेर गर्नुस् हत्केलाको दर्शन दिन नै शुभ हुन्छ