pain-in-stomachपेटको समस्याबाट धेरै मानिस हैरान हुने गर्छन् । पाचन प्रणालीमा हुने समस्या, वायु विकार, कब्जियत, झाडापखालाले गर्दा धेरै मानिसले समस्या भोग्नु परिरहेको नै हुन्छ । उचित समयमा तथा स्वास्थ्यवर्धक खानपान नहुँदा पेटको समस्याले निकै सताउने गर्छ । अझ पाचन प्रणालीलाई नै असर पार्न सक्ने अस्वस्थकर खानाले त झन् ठूलो समस्या निम्त्याउन सक्छ ।

पाचन प्रक्रियाले नै राम्रोसँग काम गर्न नसकेको अवस्थामा पेटसम्बन्धी धेरै रोगहरूले सताउने गर्छ । त्यसका लागी पाचन प्रणालीलाई स्वस्थ राख्नु र स्वस्थकर खाना खानु निकै आवश्यक हुन्छ । यस्तै, पेटको दुखाई कम गर्नका लागि घरेलु उपचारले पनि केही हदसम्म काम गर्छ । कुनै कुनै अवस्थामा घरेलु उपचारबाटै तपाईको दुखाई सञ्चो हुन सक्छ । 

थाहा पाऔ केही घरेलु उपचार जसले तपाईको पेट दुखाईलाई कम गर्न मद्धत गर्छ…

– दिनमा एउटा स्याऊ खानु स्वास्थ्यको लागी निकै फाइदा जनक मानिन्छ । यस्तोमा दैनिक रूपमा एउटा केरा खानुले पनि पेटको रोगलाई निकै म गर्न मद्धत गर्छ । केरामा हुने इलेक्ट्रोलाइट्स र पोटासियमको मात्रा हुन्छ जसले झाडापखालको समयमा कमी हुने पोटासियम र इलेक्ट्रोलाइट्सको मात्रालाई पूर्ती गर्छ । यस्तै केरामा फाइबर पनि हुन्छ जसले पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ । 

– ब्राउन राइसको प्रयोगले पनि पाचन प्रणालीलाइ निकै फाइदा पुर्याउने गर्छ । ब्राउन राइसमा अधिक मात्रामा फाइबर पाइन्छ जसले गर्दा पाचन प्रणालीलाई फाइदा पुर्याउँछ । यसमा हुने फाइबरले कोलस्टेरोलको मात्रामा कमी ल्याउँछ । तर, राम्रोसँग चपाइएन भने त्यसले पेटमा वायुको समस्या पनि ल्याउन सक्छ । 

– कुनै-कुनै ब्याक्टेरियाले तपाईको शरिरलाई फाइदा पनि गर्ने गर्छ । पेट र इन्टेस्सटाइनमा हुने केही ब्याक्टेरियाले पाचन प्रणालीमा असर गर्छ र इम्युनिटी पावरलाई बढाउने गर्छ । यस्ता ब्याक्टेरियाका लागी दहीको प्रयोग गर्नु राम्रो मानिन्छ । 

– मेवाको प्रयोग पनि पेटका लागि निकै लाभदायक हुन्छ । मेवाको प्रयोगले कब्जियतको समस्याबाट मुक्ति दिन सहयोग गर्छ । यस्तै, पाचन प्रणालीमा हुने वर्महरूलाई निर्मुल पार्नका लागी पनि मेवा लाभदायक हुन्छ । 

– पानी पनि पेटलाई स्वस्थ राख्नका लागी निकै आवश्यक हुन्छ । दैनिक रूपमा ८ गिलास पानी पिउनु निकै फाइदाजनक हुन्छ । पानीको प्रयोगले पाचन प्रक्रियालाई स्वस्थ राख्न मद्धत गर्छ । पानीबिना पाचन प्रणाली पनि सम्भव नहुने भएकाले पनि पानी पिउनु निकै आवश्यक हुन्छ । 

– पाचन प्रणालीका लागि अल्कोहल राम्रो मानिदैन । यदी धेरै मात्रामा अल्कोहल प्रयोग गर्दा शरिरमा डिहाइड्रेशन हुने गर्छ । भने यसले उल्टी आउने समस्या पनि देखीन्छ जसले तपाईको पेटमा थप समस्या ल्याउन सहयोग गर्छ । 

– सकेसम्म मसला र चिल्लो बढी भएको खानाको प्रयोग नगर्नु राम्रो हन्छ । मसला र चिल्लो पदार्थको प्रयोग बढी भएको खानाले पाचनमा असर गर्छ । राम्रोसँग पाचन नहुँदा पेटमा अनेकन समस्या देखिन सक्छ ।