तपाइलाइ कसले मनपराउदै छ भनि कसरि थाह पाउने?

महिला वा पुरुषका फरक फरक व्यवहारहरु हुने गर्छन अाफुले मन पराउने व्यक्ति प्रति। मानिसअनुसार को बानी व्यवहार र साइकोलोजीको फरकपनाले  कसैले मन पराउदै छ कि भनि थाहा पाउनु गाह्रो हुन्छ तापनि अनुभव तथा बिभिन्न अध्ययन अनुसार केहि कुराहरु बने प्रस्ट भएका छन।

लौ पढ्नुहोस यस्तो भयो भने तपाइलाइ कसैले मन पराउदै छ।

lovelove

 

१. लुकी चोरी नजर तपाइ तिर छ भने

कसैले तपाइलाइ लुकेर आँखा जुदाँउदैछ र तपाइले हेरेको बेला अन्यतिरै हेरेको जस्तो गर्छ भने जान्नुहोस् कि त्यो व्यक्तिलाइ तपाइ मन पर्दैछ।

२. प्रत्यक्ष वा फोनमा कुरा गर्दा केहि कुरा नभएपनि कुरा बनाइ बनाइ बोलिन्छ भने

यदि यस्तो गर्नु भएको छ, वा अरु तपाइसंग बोलिरहौ जस्तो गर्छ भने थाहा पाउनुहोस कि उ तपाइ प्रति आकर्षित हुदैछ।

३. तपाइको साथीहरु संग तपाइको बारेमा जानकारी माग्ने गरेको छ भने।

कसैले तपाइको बारेमा जान्नको लागि तपाइकै साथीहरुसंग कुराहरु सोध्नेगरेको छ भने, थाह पाउनुसकी उसले तपाइको बारेमा धेरै भन्दा धेरै जानकारी हासिल गर्न खोजेको छ। जसको अर्थ हुन्छ तपाइलाइ त्यो व्यक्तिले मन पराउदै छ।

४. तपाइले भनेका प्रत्येककुराहरु ध्यान दिएर सुन्छ भने।

यदि तपाइको अल्छि लाग्दो कुराहरु पनि ध्यान दिएर कसैले सुन्दै छ भने जान्नुहोस कि त्यो व्यक्तिले तपाइ प्रति ध्यान दिदैछ र तपाइलाइ चाहन्छ।

५. तपाइको अनुमति चाहन्छ भने

यदि उसले केहि गर्नु भन्दा अगाडि सानो सानो कुराहरुमा पनि तपाइको अनुमति माग्छ भने तपाइलाइ आफ्नो सोचेको हुनसक्छ।