द्रौपदीलाइ सायदै चिनाइराख्नु पर्ला। रहस्यमय, तथा प्रभावशाली द्रौपदी पाँच पाण्डव की पत्नी थिइन्। महाभारतको युद्धको मुख्य बिउ पनि हुन द्रौपदी। तर तपाइलाइ थाहा छ, द्रौपदीको अर्थ शरीरका पाँच चक्रलाइ एकसाथ समाहित गर्ने भनेर पनि लगाइन्छ। द्रौपदीसँग सम्बन्धित केहि रमाइला कुराहरु पढौं।

 

द्रौपदीका बिभिन्न नाम

द्रौपदीलाइ पाञ्चाली पनि भनिन्छ। पंचला भन्ने ठाँउमा द्रौपदीको जन्म यज्ञ गरेर भएको थियो।महाभारती पनि भनिन्छ द्रौपदीलाइ। भरत राजाको पुस्ताका पाँच पाण्डवहरुको पत्नी भएकाले यो नामले पनि चिनिन्छिन द्रौपदी।

साथै वनवासको दोस्रो खण्डको समय व्यतित गर्न बिराट राज्यमा त्यहाँकी रानी सुदेश्नाको कपाल मिलाउने काम गरेर दरबारमा सुसारेको काम गरेकी द्रौपदीलाइ सैरान्ध्रीको नामले पनि चिनिन्छ।

Draupadi 2

द्रौपदीको पाँचको सट्टा १५ पति हुन सक्थे

हिन्दु धर्ममा चलिआएको कथा अनुसार द्रौपदीले पुर्वजन्ममा भगवान शिवसँग १४ गुण भएको पति मागेकी थिइन। शिवले वरदान पनि दिएका थिए। तर कुनै पनि व्यक्तिमा द्रौपदीले मागेजस्तो १४ गुण भेटिएन।

अनि द्रौपदीले शिवलाइ पाँच पति को पत्नीहुने वरदान मागिन। यि पाँच मानिसहरुमा द्रौपदीले धर्म, बल, धनुविधा, सुन्दरता र धैर्य खोजेकी थिइन।

Draupadi 4

द्रौपदी शान्त भएर दुःख सहेर बस्ने थिइनन

पुरानो समयको संस्कृतिमा यस्तो मुस्किलले पाइन्छ, द्रौपदी एक निडर महिला थिइन। धृतराष्ट्र, जो हस्तिनापुरका राजा थिए, द्रौपदीले सिधै आफु अपमानित भएको भनि न्याय माग्ने हिम्मत गरेकी थिइन।

सैरान्ध्री हुँदा पनि बिराटका राजासँग किच्चकले अपमान गरेको भनेर सिधै न्यान मागेकी थिइन।
साथै त्यो बेलाका ठुला योद्धाहरु, भिष्म, द्रोण, कृपाचार्य र आफ्ना पतिहरुलाइ पनि निन्दा गरेकी थिइन। उनले आफ्नो लुगा उतार्दासम्म लाचर रमिते भइ बसेको भनि निन्दा गरेकी थिइन।

Draupadi 5

द्रौपदीले बालककाल नै बिताइनन

पाञ्चालका राजा द्रुपदले द्रोणलाइ मार्ने हेतुले यज्ञ गराउदा द्रौपदी यज्ञबाट प्रकट भएकी थिइन। द्रौपदी आफ्नो पुरा वयस्क शरिरको साथै प्रकट भएकी थिइन।

Draupadi 9

काली की अवतार थिइन द्रौपदी

चर्चित मान्यता अनुसार द्रौपदी महाकाली की अर्को अवतार थिइन, जो कृष्णलाइ सहयोग गर्न जन्मेकी थिइन्। कृष्ण विष्णुको अवतार हुन र विष्णु पार्वतीका भाइपनि हुन। कृष्ण र द्रौपदीलाइ दाजु बहिनी पनि मानिन्छ।

Draupadi 1

द्रौपदी र अन्नपुर्ण

द्रौपदीलाइ अन्नपुर्ण पनि भनिन्छ। द्रौपदीको पात्रमा सधै भोजन हुने गर्थे। द्रौपदी को पात्र भन्नाले अहिले पनि मिठा मिठा परिकारहरुले भरिएको भन्ने बुझिन्छ।

Draupadi 3

के द्रौपदीलाइ दुर्वासा ऋषिले बचाएका थिए?

एक रमाइलो कथा छ कि वस्त्र हरणको बेला द्रौपदीलाइ दुर्वासाले बचाएका थिए। शिव पुराणमा दुर्वासाले दिएको वरदानले द्रौपदीको लाज ढाकिएको कुरा उल्लेख पाइन्छ।

Draupadi 7

 

कथा अनुसार एक पटक दुर्वासा ऋषिको लुगा गंगाले बगाएर लगेको थियो। द्रौपदीले तत्कालै दुर्वासालाइ ढाक्नको निमित्त आफ्नो आभुषणबाट केहि अंश च्यातेकी थिइन। यहि कारणले नै दुस्सासनले द्रौपदीको वस्त्र हरण गर्दा अन्त्यने नहुने गरी कपडा तान्नु परेको थियो र द्रौपदीको लाज ढाकिएको थियो।

द्रौपदीको सर्त

जब द्रौपदी सामान्य पत्नीको रुपमा बस्ने कुरा भयो, तब द्रौपदीले एउटा सर्त राखेकी थिइन। सर्त अनुसार उनले आफ्नो घर अरु महिलासंग नबाड्ने थियो। यसको मतलब त्यो बेलाको समयमा पुरुषले धेरै पत्नी बनाँउथे तर पाँच पाण्डवसँग अरु कसैलाइ घरमा नल्याउने सर्त राखेकी थिइन द्रौपदीले।

 

तर अर्जुनले भने उनको अर्को पत्नीलाइ घरमै ल्याएका थिए। उनी कृष्णकी बहिनी थिइन, सुभद्रा। कृष्णसँगको सल्लाहले उनले पाँच पाण्डवको घरमा आफुलाइ स्थापित गर्न सकेकी थिइन्।