१४ फागुन, काठमाडौं ।

सरकारले नेपाली खेलकुद्की सर्वाधिक सफल महिला खेलाडी संगिना वैद्यलाई १५ लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को विहिवार सिंहदरबारमा बसेको बैठकले तेक्वाण्डोकी पूर्व राष्ट्रिय खेलाडी वैद्यलाई १५ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

sangina baidya

संगिना अहिले राष्ट्रिय खेलकुद परिषदमा वरिष्ठ प्रशिक्षकको रुपमा कार्यरत छिन् । छनोट चरण पार गरेर सन् दुई हजार चारको एथेन्स ओलम्पिकमा सहभागिता जनाएकी संगिनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।

यस्तै, मन्त्रीपरिषद्ले उखुको न्युनतम समर्थन मूल्य निर्धारण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । उखुको न्युनतम मूल्य निर्धारण नगरिएको विरोधमा तराइका किसानहरु आन्दोलनमा उत्रिएपछि मन्त्रीपरिषद् बैठकले उद्योग मन्त्रालयलाई मूल्य निर्धारण गर्न निर्देशन दिएको हो ।

मन्त्रीपरिषद्ले नेपाली सेनाको उपरथीमा २ जना तथा सहायकरथी र महासेनानीमा केही अधिकृतहरुको बढुवाको निर्णय गरेको छ । सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा यमराज पाण्डेलाई नियुक्त गरेको छ ।