यदि तपाइँ चियाको पारखी हुनुहुन्छ भने आजै देखि तीन कप चिया पिउन थाल्नुस् । हालै गरिएको एक अध्यनले दिनमा तीन कप चिया (दुध भएको वा नभएको) खाँदा निक्कै फाइदा हुने देखाएको छ ।

Tea

अमेरिकाको म्यासुचेस्टस स्थित फ्रेमिङ्गम स्टेट युनिभर्सिटीका अध्येताहरुले दिनमा तीन कप चिया खाँदा रगतमा सुगर नियन्त्रण गर्न मद्दत पुग्ने पत्ता लगाएका हुन् । त्यसैगरी चियाले मधुमेहको खतरा पनि कम हुने अध्यनको निष्कर्ष छ ।

खासगरी कालो चियामा हुने एन्टीअक्सिडेन्ट्स र प्राकृतिक तत्वमा रगतमा रहेको ग्लुकोज नियन्त्रण गर्न सघाउने हुँदा चियाँ पिउनु फाइदाजनक देखिएको हो । दुध राखेको चियामा समेत यो गुण कायम रहने शोधकर्ताहरुले बताएका छन् ।

यो शोधका क्रममा जापान र अमेरिकी बैज्ञानिकसहरुले कालो चियमा हुने तत्वमाथि अध्यन गरेका थिए ।

शोधकर्ता लिजा स्ट्रिगलले मनतातो पानीमा चिया मिसाएर खाँदा सबै भन्दा राम्रो हुने बताइन् । रगतमा रहेको ग्लुकोज नियन्त्रणका लागि यो निक्कै फायदाजनक रहेको उनले बताइन् ।

यो पनि हेर्नस् 

अदुवा हालेको चियाका ८ फाइदा

चिया कफी पिउनु हुन्छ ? एक पटक पढ्नुस्