आजभोलीको यस्तो चुनौतीपूर्ण मौसमले कसलाई दिक्क नगराएको होला र? बिहान कलेज तथा अफिस जाँदा टाउको देखि खुट्टासम्म निथ्रुक्क पानीले भिज्दा अनि फेरि  फर्किँदा पनि त्यसरी नै भिज्दा तपाईँको स्वास्थ्य स्थिति कमजोर हुनु स्वाभाविक नै हो।

तर यस्तो अवस्थाबाट पनि तपाईँको स्वास्थ्य स्थिति कमजोर नहोस् भन्ने चाहनुहुन्छ भने आफ्नो प्रतिरक्षा प्रणाली (Immunity Sytem) लाई सँधै बलियो बनाईराख्नु जरुरी हुन्छ।

प्रकृतिमा अवस्थित सबै प्राणी तथा जीवहरूको शरीरभित्र कुनैपनि रोग अथवा नकारात्मक तत्वहरूलाई बहिस्कार गर्ने क्षमता हुन्छ, जस्लाई ‘प्रतिरक्षा प्रणाली’ भनिन्छ।

10

आफ्नो प्रतिरक्षा प्रणाली जति बलियो भयो, त्यति नै रोग लाग्ने सम्भावना कमी हुन्छ। अब भन्नुहोस्, तपाईँ आफ्नै शरीरमा भएको यस्तो उपयोगी प्रणालीलाई बलियो बनाउन चाहनुहुन्छ कि चाहनुहुन्न? 

आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउने केहि उपायहरू यस प्रकार रहेका छन्।

१. शरीर स्वस्थ राख्नुहोस्, कसरी?

  • कम्तिमा पनि ३० मिनेट दैनिक व्यायाम गर्नुहोस्।
  • शरीरमा भिटामिन-डि को कमि हुन नदिनको लागि विहानिपखको घाम ताप्नुहोस्।
  • कमसेकम ६ घण्टा जति अनिवार्य सुत्नुहोस्।
  • धुम्रपान तथा मध्यपान नगर्नुहोस्।
  • धेरै कफि नपिउनुहोस्।

 

२. दिमाग स्वस्थ राख्नुहोस्, कसरी?

40

  • मनमा धेरै कुरा खेलाएर चिन्ता नलिनु तपाईँको दिमागको लागि उचित हुन्छ।
  • सकेसम्म धेरै हाँस्ने बानी बसाल्नुहोस्। किनभने जो मानिस सँधै खुसी र धेरै हाँस्ने गर्छन्, त्यो मानिसको प्रतिरक्षा प्रणाली अरूको भन्दा बलियो हुने विभिन्न तथ्याङ्कहरूले बताउँदछन्।
  • सामाजिक प्रतिक्रिया बढाउनुहोस्। मानिसहरूसँग घुलमिल हुन सिक्नुहोस्। आफूलाई एक्लोपनाबाट बचाउनुहोस्।

50

३. खानेकुराहरूमा ध्यान दिनुहोस्, कसरी?

60

  • सकेसम्म धेरै पानी पिउने गर्नुहोस्। दिनमा कम्तिमा पनि ३ लिटर पानी खाने बानी गर्नुहोस्।
  • चिनी धेरै खाने बानी छ भने तुरुन्तै हटाउनुहोस्, किनभने चिनीले तपाईँको शरीको प्रतिरक्षा प्रणाली बलियो हुनबाट रोकिरहेको हुन्छ।
  • फलफूल तथा सफा र हरियो सागपातहरू खानुहोस्।
  • तरकारीमा लसूनको मात्रा बढाउनुहोस्। लसूनले गर्दा रोगहरूसँग लढ्न सक्ने क्षमताको वृद्धि हुन्छ।
  • प्रोटिन धेरै खानुहोस्। माछा, मासु, अण्डा जस्ता खानेकुराहरूमा प्रोटिनको मात्रा बढी हुन्छ।

70

प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने खानेकुराहरू यस प्रकार रहेका छन्।

  • बन्दा
  • काउली
  • चिकेन सुप
  • लसून
  • अदुवा
  • मह
  • कागती
  • च्याउ
  • सागपात
  • सखरखण्डा
  • गोलभेडा
  • खर्बुजा
  • ब्राउन ब्रेड
  • चिसो पानी
  • बदाम
  • गहुँ

आफ्नो स्वास्थ्यको आफैँ ख्याल गर्नुहोस्।