होली नेपाल र भारतमा मनाइने पर्व हो । होलीलाई रंगको पर्वमात्र होइन धार्मिक हिसावले पनि निक्कै महत्वपूर्ण मानिन्छ ।

होलीको धार्मिक महत्व पौराणिक कथा र यसको बैज्ञानिक महत्व मौषमसँग सम्बन्धि छ ।

धार्मिक कथा अनुसार भगवान विष्णु भक्त प्रहलादलाई उद्दार गर्नका लागि असुर राज हिरण्यकश्यपुको बध गरिएको र होलिका भन्ने रक्षसीलाई दहन गरी त्यसकै चीर दहन एवं त्यसैको खुसियालीमा होली मनाइएको भन्ने गरिन्छ ।

holi

त्यसैगरी यो समय चिसो मौषम सकिएर गर्मी मौषम शुरुवातको समय पनि हो । मौषम परिवर्तनको समयमा रोग तथा विरामी हुने डर हुन्छ त्यसका लागि होसियार रहनु पर्छ । चीर दहन स्वास्थ्यसँग सम्बन्धित रहेको धार्मिक एवं बैज्ञानिक विश्वास छ ।

होलीको समयमा गर्नै पर्ने २ काम के के ?

१ जलिरहेको चीरको नजिक बस्नुस्
होलीको समयमा चीर दहन गरिन्छ । चीरको नजिक केही समय बस्दा विभिन्न विरामीको खतराबाट बँच्न सकिने आयुर्वेदनमा उल्लेख छ । होली चिसो र गर्मी मौषमको सन्धी समय हो । श्वास सम्बन्धि विरामी यही समयमा देखिन्छन् । त्यसैबाट जोगिन चीर दहन गर्ने समयमा चीर बलिरहेको ठाउँमा केही बेर बस्नु स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । तर चीरको निक्कै नजिक भने नजानु राम्रो भनिएको छ ।

holi 1

२ चन्द्रमाको उज्यालोमा बस्नुस्
फागु पूर्णिमा फाल्गुनी पूर्णिमाको नामले पनि चिनिन्छ । पूर्णिमाको चन्द्रमाको किरणलाई निक्कै लाभदायक मानिएको छ । तसर्थ फागु पूर्णिमाको रातमा चन्द्रमाको किरणमा केहीबेर समय विताउनुस् । यो बैज्ञानिक र धार्मिक दृष्टी दुवैले राम्रो मानिएको छ । यसबाट आँखा र मनलाई शान्ति मिल्ने विश्वास गरिन्छ ।

 

यो पनि हेर्नुस् 

होलीको रंगले अनुहार बिगार्ला, यी उपाय गर्नुस्…

होलीमा लोला हान्नेलाई दुई वर्षको कैद हुने