नेपालमा फागु पर्व पनि भनिने होली नेपाल र भारतमा निक्कै धुमधामसँग मनाइन्छ । रंगको पर्व पनि भनिने यो पर्वमा रंग साटासाट गरेर आत्मीयता र प्रेम प्रकट गर्ने चलन रहिआएको छ ।

होली खेल्ने हो हल्ला गरेर रमाइलो गर्न धेरैलाई थाहा नहुन सक्छ आखिर कसरी शुरु भयो यो होलीमा होहल्ला गर्ने परंपरा भनेर । फागु पर्व अर्थात होलीमा हल्ला गर्ने शुरु कसरी भयो भन्ने विषयमा एउटा पौराणिक कथा छ ।

holi 1

पुराणमा उल्लेख भए अनुसार भगवान श्री रामका पूर्वज रघुको राज्यमा एक रक्षस्नी थिई । रक्षस्नीको नाम ‘ढूंढी’ थियो । यो रक्षस्नीले भगवान शिवलाई खुसी पारेर तन्त्र विद्या सिकेकी थिई ।

तन्त्र विद्याको बलले अदृष्य हुने क्षमता प्राप्त गरेकी यो राक्षस्नीले खासगरी वालवालिकाहरुलाई दुःख दिन्थी ।

कुनै वालवालिकालाई विरामी पार्ने यो राक्षस्नीले कहिले के के गरेर दुःख दिन्थी । एक दिन मानिसहरुले भगवान शिवले वरदान दिने बेलामा वालवालिकाले हो हल्ला गरेमा राक्षस्नीको तान्त्रिक विद्या असफल हुने समेत भनेको चाल पाए ।

यस पछि नै होलीको सममया बच्चाहरुले हो हल्ला गर्न र मोज मस्ती गर्न थालेको विश्वास गर्ने गरिन्छ । पछि यहि परंपरा नै होली बन्न पुग्यो । त्यसैकारण होलीमा हो हल्ला गर्ने र रमाइलो गर्ने चलन रहेको विश्वास छ ।

यो पनि हेर्नुस्

फागुको दिन गर्नै पर्ने २ काम

खुसीको पर्व होली त्रासमय बन्दै

सोफियाको होली अवतार (फोटो फिचर)