शिरको केन्द्रस्थानमा हुने रौंलाई टुप्पी अर्थात शिखा भन्ने गरिन्छ । कपाल काट्दा वा मुण्डन गर्दा समेत मानिसहरुले टुप्पी जोगाउँछन् । यो स्थानलाई कपालको शिखा पनि भनिन्छ । धर्म शास्त्रमा टुप्पी काट्न नहुने मात्र भनिएको छैन यसको महत्वबारे चर्चा गरिएको छ । कतिपय धर्मग्रन्थमा शिखा काट्नु शिर काट्नु बराबर नै रहेको भनिकएको छ । शास्त्रमा टुप्पीलाई शिखा अर्थात गाँठो पारेर राख्नु पर्छ भनिएको छ । तर फेशनका लागि मात्र टुप्पी पाल्न मन नपराउनेको संख्या बढेको छ ।

shikha

टुप्पी पाल्दा हुने ५ फाइदा यस्ता

१ धर्मशास्त्रका अनुसार टुप्पीको सबै भन्दा पहिलो फाइदा स्मरण शक्तिमा वृद्धी हुनु हो । शिखा राख्ने ब्यक्तिको स्मरण शक्ति उच्च हुने शास्त्रमा उल्लेख छ । शिखाको विषयमा चाणक्यले भनेका छन् कि शिखा नबाँधीकन कुनै सपथ समेत लिनु हुँदैन । शिखाले शरीरको मुख्य सञ्चालन हुने अंगसँग शिखाको सम्बन्ध हुने समेत बैज्ञानिक खोजहरुले देखाएका छन् ।

२ मस्तिष्कको भित्री भाग जहाँ नाडीको मेल हुन्छ त्यहाँ पनि शिखाको सम्बन्ध हुन्छ । यसैले शिखामा चोट लागेमा मानिसको छिटो मृत्यु हुन्छ । शिखाले मानिसहरुलाई विभिन्न रोग ब्याधीबाट समेत बँचाउने बताइन्छ ।

shikha 1

३ शिखाले गर्मी वा चिसोबाट पनि बचाउँछ । शरीरको मुख्यभागलाई चिसो वा गर्मीबाट बचाँएर मानिसलाई स्वस्थ राख्न समेत शिखाको भूमिका हुन्छ ।

४ शिखा रहेको स्थानमा शरीरका सबै ज्ञानेन्द्रिय अर्थात कान, नाक, जीव्रो, आँखा आदिको सम्बन्ध हुन्छ । यसले हाथ, खुट्टा, गुदद्वार लगायतमा समेत नियन्त्रण गर्छ । तसर्थ शिखा अर्थात टुप्पी पाल्दा शारीरिक र मानसिक नियन्त्रण पनि सम्भव छ ।

shikha 2

५ मस्तिष्क जति सामर्थ्यबान हुन्छ अन्य अंगको शक्ति पनि त्यति नै बढ्छ । शिखाको बैज्ञानिक फाइदा समेत छ ।