बाबुराम भट्टराई पत्नी हिसिलाको साथमा एेतिहासिक चलचित्र भीमदत्त हेर्न हलमा पुगेका छन । उनले आफ्नो फेसबुक पेजमा तस्विर सहितको स्टाटसमा सो कुरा उल्लेख गरेका हुन ।

baburam hisila at hall

उनले भनेका छन् : “ऐतिहासिक चलचित्र ‘भीमदत्त’ हेर्ने साइत अन्ततः आज जुर्यो! नेपाली इतिहासका महानतम क्रान्तिकारी मध्ये एक भीमदत्त पन्तको वास्तविक जीवनीमा आधारित नवल खँड्का निर्मित यस फिल्मले निरन्तर क्रान्तिको सन्देश सहित वैकल्पिक सिनेमाको क्षेत्रमा नयाँ आयाम थपेको अनुभूति भयो!”

भट्टराईले मणि थापाको कथा र गीत/संगीत, हिमग्याप लामाको निर्देशन,नवल खँड्का,सुमिना खड्का,निशा अधिकारी,रमेश बुढाथोकी,श्रीराम पुडासैनी लगायतको अभिनय उल्लेखनीय रहेको छ भने सुदूर-पश्चिमको सांस्कृतिक र भाषिक आंचलिकताले फिल्मलाई थप रोचक बनाएका छन।

भीमदत्तको ऐतिहासिक प्रतिशोध वर्तमान सन्दर्भमा लिंगोमा टाउको झुण्ड्याएर नै गरिनु चाहिं अनावश्यक र अतिरंजनापूर्ण लाग्छ। प्राविधिक पक्ष र सम्पादनमा अझै वढी ध्यान दिनु पर्ला! भन्दै समग्र परिवारलाई शुभकामना दिएका छन । 

तस्विर: बाबुरामको फेसबुकबाट