फोर्ब्सको धनीहरुको सुचिमा माइक्रोसफ्टका पूर्व सीईओ तथा चियरम्यान बिल गेट्सको नाम फेरी पहिलोमा आएको छ। ७९.२ अरब डलरको साथ दुनिया कै सबैभन्दा धनी व्यक्ति बनेका छन् बिल गेट्स्। पछिल्लो २१ वर्षमा उनी १६ पटकसम्म फोर्ब्सको सुचिमा अग्रपङ्तिमै छन्। यो सुचिमा उनी पश्चात दोस्रोमा मेक्सिकोका कालरेस स्लिम हेलु र तेस्रोमा अमेरिकाका वारेन बफे छन्।

५९ बर्षमा पाइला टेकिसकेका गेट्सको पुरा नाम भने विलियम हेनरी बिल गेट्स तेस्रो (William Henry “Bill” Gates III) हो। गेट्सले आफ्नो जीवनकामा केहि सिद्धान्तहरु बनाए र त्यहि सिद्धान्तकै अनुसरण गर्दै विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल पनि भए। तल  यस्ता ११ सिद्धान्त तथा आदर्शहरु छन् जुन बिल गेट्सले आफ्नो जीवनमा उतारे अनि विश्वकै सफल व्यक्तिहरुमा गनिन पनि पुगे।

१. दुनियालाइ बदल नभए घरमै बस

यो बाट थाह पाइन्छ की उनले आफ्नो जीवन कसरी निर्वाह गर्दथे। दुनियालाइ अझ राम्रो बनाउन काम गर्नुहोस्, चाहे जस्तोसुकै काम किन नहोस्। सफ्टवेयर क्षेत्रमै काम गरेर जीवन बिताएका गेट्स चाहन्थे कि सिस्टम यस्तो बनाइयोस जुन महत्वपुर्ण होस र मानिसहरुलाइ त्यो सिस्टम अपनाउन पनि प्रेरित गराउँथे उनले। उनी आफ्नो प्रभाव अझ प्रभावशाली बनाउन पोख्त थिए।

२. बाटो बनाउदै अघि बढ

सधै तपाइको लागि कुनै बाटो तयार भएको हुदै। आफैले केही गर्नुपर्ने हुन्छ। कहिले काँहि मानिसहरु तपाइलाइ घमण्डी तथा सन्की मान्न सक्छन्। कयौं पटक तपाइ लक्ष्यसम्म पाइला टेकेर फर्केको पनि हुनसक्नुहुन्छ। गेट्स, पर्सनल कम्प्युटर प्रत्येक टेबल, प्रत्येक घर र प्रत्येक कोठामा देख्न चाहन्थे। जब यसरी चाहना निश्चित गरे अनि अघि बढ्न सक्ने भए।

bill-gates-jpg

३. आफ्नो असर पैदा गर
चाहे उनको मनको कुराहोस् या कुनै काम कै कुरा किन नहोस्, उनी आफ्नो प्रभावको अनुसार कै बाटो चयन गर्थे। कुनै काम गर्नेसक्छु भनेर मात्र उनले त्यो काम गर्दैन थे, उनले काम तब गर्थे जब उनलाइ लाग्थ्यो कि उक्त काम महत्वपुर्ण छ र अन्यमा राम्रो असर पैदा गर्न सक्छ अनि उक्त कामलाइ नयाँ उचाइमा पुर्याउन सकिन्छ।

४. मानवताको सबैभन्दा ठुलो लाभ समान धरातलमा रहनु हो

बिल गेट्स स्पष्ट थिए की सबै मानिस समान हुन। मद्धत उनीहरुको गर्नु, जो आफ्नो मद्धत गर्न सक्दैनन्। गेट्स भन्छन् सबैलाइ जीवनमा अवसर पाउने हक हुन्छ, यसमा अवरोध आए ती अवरोध हटाउनु पर्छ।

५. तत्काल जे जरुरी छ त्यो मात्र सम्झ

यस कुरामा बिचार गर्नुपर्छ। विश्व छिटो छिटो परिवर्तन हुदैछ। बजार परिवर्तन भइसकेको छ। यस्तोमा जब तपाइ सफ्टवेयर व्यवसायको काम तथा कुरा बुझेर सक्नुहुन्छ तब सम्म ढिलो भइसकेको हुन्छ, र समस्याहरु बढिसकेको हुनेछ। यदि पहिले देखि नै के गर्ने भन्ने सोच्नु भएको छैन भने तपाइको काम भाग्ने मात्र हुन जान्छ।

६. बजार सधै सहि चिजमात्र चल्दैनन्

बजारको अनुसार वैज्ञानिक, कम्युनिकेटर्स तथा विचारकहरु चल्दैनन्। यसको लागि सरकारले नै सहि वातावरण तयार गरिदिनुपर्छ। केवल यि कुरामा ध्यान दिएर बुद्धिमान व्यक्तिहरुको मद्धतले प्रगति गर्न सकिन्छ, र यस्तो होस् भन्ने हाम्रो चाहना पनि हो।

७. आफ्नो आदर्शको साथमा जीवन बिताउ

जब दुनियाले आभाश हुन्छ कि तपाइ को हो, तपाइमा नजर बढ्नेछन् र तपाइका आदर्शकै कारण मानिसहरु तपाइप्रति आकर्षित हुनेछन्। माइक्रोसफ्टमा बिल गेट्सले नै मानिसहरुलाइ आकर्षित गरेका थिए। मनसाय दुनियाको परिवर्तन गर्ने थियो। उनको साथमा भएकाहरुले प्रविधि र आविष्कारको मद्धतले जीवनको सहज बनाए।

८. राम्रो काम ठिक मानिसहरुको साथमा गर्नाले अझै राम्रो बन्न सक्छ

बिल गेट्सले यस्तो प्रथा बनाए की उत्कृष्ट एंव सफा चरित्रका मानिसहरु उनको साथमा हुन थाले। आसपास राम्रा चरित्रका मानिसहरु थिए। त्यसैले त उनी माथी उठ्न सके।

९. हर तरिकाको व्यवसायमा नवीनता नै मुटु र आत्मा हुन्छ

खेलमा आगाडी बढ्नको लागि तथा त्यसमै लागि पर्नको लागि तपाइमा नवीन सोच तथा सिर्जशीलताको आवश्यक पर्छ। बिल गेट्स सधै आफ्नो प्रभाव घट्न नदिन सिर्जनशीलता कै प्रयोग गर्दथे।

१०. अरुको लागि मंच बन्नु जहां बाट मानिसहरु अगाडी बढ्न सकुन

कुनै चीजको बनाउनको लागि आफ्नो भुमिका के छ त्यो ख्याल गर्नुहोस् र जान्नुहोस् की तपाइले थप नयाँ के गर्नसक्नु हुनेछ।

११. बिचारलाइ काममा बद्लनुहोस्

के गर्ने तथा कसरी गर्नेको बिचार धेरै संग हुने गर्छ। तर आँट र नयाँ काम सुरु गर्नेबाट डराउनाले उक्त बिचार काममा परिणत हुन सक्दैन। केही गर्न जन्मनु भएको छ, किन डराउनुहुन्छ?

 

यो पनि पढ्नुहोस्।

यस्तो छ विश्वकै धनी विल गेट्सको घर (तस्विरहरु सहित)

७८ खर्व १९ अर्व ७३ करोडसहित विल गेट्स फेरि पनि संसारकै धनी