मानिसहरु ब्यस्त जीवनका कारण परंपरागत रहनसहनका मान्यता भुल्दै गएका छन् । शास्त्रमा जीवनशैलीका विभिन्न नियमहरु उल्लेख गरिएको छ । तर मानिसहरु पुराना रहनसहनका नियमको ख्याल राख्दैनन् । 

यहाँ पिसाव गर्दा पालना गर्नु पर्ने नियमको विषयमा चर्चा गरिएको छ ।

bitta ma pisab garne 1

शास्त्रमा मानिसले पशुले जस्तै उठेर पिसाव गर्न नहुने उल्लेख छ । मानिसलाई इश्वरले बुद्धी विवेक र ज्ञान दिएका कारण उसका ब्यवहार पशुको जस्तै हुन नहुने विद्वानहरु बताउँछन् ।

 

उठी उठी मुत्र विसर्जन गर्दा त्यसका छिटा शरीरका विभिन्न अंग र तपाइँको कपडामा समेत पर्छन् । यसले कपडा फोहोर र असुद्ध हुन्छन् । यसले वभिन्न संक्रमण समेत हुन्छ ।

‘पारस्करगृह्यसूत्र’ भन्ने आचरण सम्बन्धी शास्त्रमा ‘तिष्ठान न मूत्रपुरीषे कुर्यात्। अर्थात उठी उठी पिसाव नगर्नु । उच्चारे मौनं समाचरेत्। अर्थात दिशा पिसाव गर्दा बोल्नु हुँदैन भनेर लेखेको छ ।

बसेर पिसाव गर्दाका फाइदा

तपाइँले बसेर पिसाव गर्दा मुत्राशयमा दवाव परेर पिसाव क्लियर हुने र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । शास्त्रमा सूर्यपट्टी फर्केर पिसाव गर्न नहुने समेत उल्लेख छ । यसको धार्मिक कारण के भने सूर्यलाई देवताकोरुपमा पुजा गरिन्छ । त्यतिमात्र होइन आयुर्वेदको दृष्टीले पनि सूर्यतिर फर्केर मुत्र विर्जन गर्दा सूर्यका किरणसँग ठक्किएर त्यस्ता किरण अनुहारमा पर्ने हुन्छ । जसले छाला सम्बन्धी अनेक रोग हुन सक्छ ।

urinal 1

पिसाव फेर्दा बाटोमा गर्न नहुने शास्त्रमा उल्लेख छ । यसले बाटो हिंड्नेको स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

गाइको गोठ र जल तथा खरानीमा पनि पिसाव गर्नु हुँदैन । पानीमा पिसाव गर्दा यो दुषित हुने र मानिस तथा अन्य जीवलाई असर पर्ने बैज्ञानिक कारण समेत छ ।

urinating men

पिसाव गर्दा पुरुषले कानमा जनै राख्ने पुरानो चलन छ । त्यसले विर्यको संरक्षण हुने शास्त्रमा उल्लेख छ ।

यो पनि हेर्नुस् 

भित्तामा पिसाव गर्नेलाई यस्तो सजाय (तस्विर सहित)

पिएको बेला यी ७ काम भुलेर पनि नगर्नुस्

खाना खानेबित्तिकै यी ७ काम नगर्नुस्, नत्र…