नेपाल सहित छिमेकी देश भारतमा यतिखेर स्वाइन फ्लुको प्रकोप छ। नेपालमा स्वाइल फ्लुबाट १७ प्रभावित भइसकेका छन् भने २ जनाले ज्यानै गुमाए।
भारतमा भनेर यसको प्रकोप झनै भयंकर छ हालसम्म १५ सय बढिले स्वालइल फ्लुबाट ज्यान गुमाइ सकेका छन्। तपाई स्वाइन फ्लुबाट प्रभावित भइसक्नु भएको छ भने त चिकित्सकको कडा निगरानीमा उपचारमा जानै पर्ने हुन्छ।

भविष्यमा स्वाइल फ्लुबाट जोगिन चाहनु हुन्छ भने तपाईले शरिरको रोगसंग लड्ने रोग प्रतिरोध क्षमता बढाउनु पर्ने हुन्छ।

 

यसका लागि यहाँ केही तपाईले सहजै घरमा अपनाउने सक्ने घरेलु उपायहरु चर्चा गरिएको छ।

. पाँच पत्ता तुलसीको पात दैनिक बिहानको समयमा सेवन गर्नुस। तुलसीका धेरै गुणहरु छन्। यसले घाँटी, छात्तीलाई इनफेक्सबाट बचाउँदै रोगी प्रतिरोध क्षमता बढाउँछ।

.कपुरको सानो ट्याबलेट महिनामा एक वा दुइ पटक खाने । वयस्कले कपुरलाइ पानी संग र बालबालिकाले आलु वा केरासंग खान सक्दछ। कपुरमात्रै खान भने गाह्रो हुन्छ। कपुर दैनिकरुपमा भने खान हुँदैन्।

.लसुनका दुइ पोटी दैनिक बिहानको समयमा सेवन गर्ने। लुसनलाइ मनतातो पानीसंग खानु उपयोगी हुन्छ। लसुनले शरिरको रोग प्रतिरोधी क्षमता बढाउँछ

. एलोभेरा अर्को असाध्यै उपयोगी वनस्पती हो। दैनिक एक चम्चा एलोभेरा पानी संग पिउँदा छाला निरोगी र हाड जोर्नीमा आराम त हुन्छ नै रोगी प्रतिरोधी क्षमता पनि बढ्दछ

Swine-Flu

.दैनिक प्राणायाम गर्नु उपयुक्त मानिएको छ । यसै गरि बिहानको समयमा गरिने व्यायमले शरिरलाई तन्दुस्त र निरोगी राख्न मद्धत गर्दछ। शरिरलाई सही अवस्थामा राख्न शारीरिक अभ्यास र योगका विभिन्न आसानहरुलाई महत्वपु्र्ण मानिएको छ। स्वस्थ शरिरमा रोगले हमला गर्ने संभावना सदैव कम हुन्छ

.भिटासिन सिले भरिपुर्ण अमलाले रोग प्रतिरोधी क्षमता बढाउँछ। अमला नपाएको खण्डमा अमलाको जुस पनि सेवन गर्न सकिन्छ।

.सुन्दा सामान्य लागे पनि हात धुने बानीले धेरै फरक पार्दछ। खान खानु अगाडी र केही वस्तु छोएपछी अनिवार्य रुपले साबुन पानीले हातु धुनु पर्दछ। हात धुनाले हातमा टाँसिएका किटाणु सर्न पाउँदैन्।

यी ७ तरिकाले स्वाइन फ्लुलाई तपाईले घरबाटै बाइ बाइ गर्न सक्नु हुन्छ ।

यो पनि पढ्नुहोस्।

‘स्वाइन फ्लुको आयुर्वेदिक उपचार हुन्छ ‘ (विधि सहित)

स्वाइन फ्लु र मास्क (फोटो फिचर)

स्वाइन फ्लू को भाइरस शक्तिशाली बन्दै