कतिपय पुरुषहरुलाई दारी राख्न मन पर्छ । तर त्यही दारी मानिसका लागि घातक हुने तथ्य सार्वजनिक भएको छ ।

क्वीन म्यारी युनिभर्सिटी अफ लण्डनका शोधकर्ताहरुले आफ्नो अध्यनका क्रममा दारी राख्ने पुरुषलाई विभिन्न रोग संक्रमणको खतरा हुने पत्ता लगाएका हुन् ।
शोधका क्रममा दारी राख्ने पुरुषलाई दारीमा अडकेर बस्ने विभिन्न किसिमका किटाणुले रोग संक्रमण गराउन सक्ने तथ्य बाहिर आएको छ ।

man with beard

दारीमा हुने विभिन्न किटाणुले अनुहारको त्वचामा प्रत्यक्ष संक्रमणको खतरा हुने शोधकर्ताको भनाइ छ ।

शोधकर्ता रोन कटलरका अनुसार दारी विभिन्न किटाणु लुक्नका लागि सबै भन्दा सुरक्षित क्षेत्र हो । दारी पाल्ने ब्यक्ति दारी काट्ने पुरुषको तुलनामा बढी विरामी पर्ने खतरा हुन्छ ।

men with beard 1

बर्मिङ्घम ट्राइकोलोजी सेन्टरका विशेषज्ञ क्यालर वाकरले अनुहार मा होस वा नाक भित्रका रौं दुवै किटाणुको संक्रमणका लागि खतराको कारक रहेको बताए ।

दारीमा पिसना, दुर्गन्ध र धुलो तथा खानाका साना साना कण फस्ने र त्यसबाट किटाणु उत्पन्न हुने खतरा हुने शोधकर्ताको भनाइ छ ।

दारी पाल्ने पुरुषलाई स्टेफलोकोकस नामक खतरनाक ब्याक्टीरियाको संक्रमण हुने उनीहरुले चेतावनी दिएका छन् । यद्यपी दाडीलाई त्वचाको रक्षककोरुपमा पनि मान्ने गरिन्छ ।

यो पनि हेर्नुस्

दारी नपाल्नुस् ! महिला डराउँछन्

महिलाको मुखभरी दारी आएपछि …….(तस्विर सहित)

हप्तामा यी ३ दिन काट्नु हुँदैन दारी र कपाल

यस्तो पनि दारी (फोटो फिचर)