जीवन हामीले सोंचे भन्दा पनि विशाल र वृहत छ । हामी सँधै नाफा घाटा र सफलता असफलतामा मात्र अड्किरहेका हुन्छौं तर जीवनमा यस भन्दा पर पनि धेरै कुरा छन् ।

खासमा जीवनमा सबै भन्दा आवश्यक चिज हो करुणा । करुणा भाव भएको मानिस मात्र जीवनमा सुखी र खुसी हुन सक्छ । करुणाको विकाशका लागि हामीले निर्जिव ठानेका बस्तुहरुप्रति पनि हाम्रो मनमा प्रेम भाव हुन जरुरी छ ।

रुख वृक्ष, लहरा, वृक्षों, लहरा, पशु-पंक्षि सागर, नदी, पर्वतप्रति प्रेम र कुरुणा भाव विकाश भयो भने जीवन सुखी हुने शास्त्रमा उल्लेख छ ।

prayers 1

हरेक दिन नयाँ सूर्योदले तपाइँलाई स्वागत गर्छ । राति जवन हामी सबै भुलेर सुत्छौं त्यतिबेला हामीलाई जे पनि हुन सक्छ । हाम्रो मृत्यु पनि हुन सक्छ । त्यसैकारण हरेक नयाँ दिनमा सूर्यलाई नमस्कार गरेर हामी जीवनको प्रत्येक नयाँ दिनप्रति कृतज्ञता गर्नु उत्तम हुने धर्मशास्त्रमा उल्लेख छ । कृतज्ञताको भावले मानिसलाई सुखी पनि तुल्याउँछ ।

prayers

त्यसैगरी हरेक दिन साँझमा पनि हामीले प्रार्थना गर्नु उत्तम मानिन्छ । प्रकृतिले हामीलाई दिएको यो जीवनका लागि साँझमा प्रार्थना गर्दा रातिमा सुतेको समयमा समेत मनमा शान्ति मिल्छ । यस्तो कुराको वास्ता नगर्ने र भौतिकरुपमा मात्र सोंच्ने मानिसलाई निद्रा नलाग्ने विहान उठ्दा थकान महसुस हुने लगायतका समस्या हुन्छन् ।

prayers 2

प्रकृति र जीवनप्रति कृतज्ञ हुने बानी बसाल्नुस् शान्ति र सुख आफै आउँछ ।

यो पनि हेर्नुस्

विहान उठेर कहिल्यै नगर्नुस् यी ५ काम

विहान उठेर गर्नुस् हत्केलाको दर्शन दिन नै शुभ हुन्छ

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

विहानमा भुलेर पनि नगर्नुस् यी ५ काम