अग्लो, चिटिक्क परेको अनि सुसंगठित शरीर भएको मान्छे कसलाई मन पर्दैन र? कसै-कसैको उचाई देखेर त झन् डाह लाग्नु पनि स्वाभाविक कुरा हो। किनभने, अग्लो भएपछि त्यसका फाइदाहरू पनि अग्ला नै हुन्छन्। तर धेरै युवा-युवतीहरूको लागि कम उचाईले एक दुःस्वप्नको रूपमा उनीहरूलाई सताइरहेको हुन्छ। अलिकति पनि उचाई बढाउन पाउनु उनीहरूको लागि खुसीको कुरो हुन आउँछ।

त्यसैले आज हामी तपाईँहरूलाई कुनै औषधीबिना नै उचाई बढाउने तरिकाहरूको बारेमा जानकारी दिँदैछौँ। ती उपायहरू मध्ये शारीरिक व्यायाम एक भरपर्दो उपाय हो र व्यायाम गर्ने १० तरिकाहरू यसप्रकार रहेका छन्।

१. पौडि खेल्ने
पौडि खेल्नु एउटा त्यस्तो शारीरिक व्यायाम हो जसमा शरीरका हरेक मांशपेशीहरू सक्रिय हुन्छन्, र यसले बिस्तारै शरीरको उचाई बढाउन मद्धत गर्दछ। तर एक दिन पौडि खेलेर मात्रै उचाई बढ्छ भन्ने भ्रममा पनि नरहनुहोस्। हरेक दिन खेल्नुहोस् अनि आफै थाहा पाउनुहुनेछ।

1 swimmingg
२.झुन्डिने व्यायाम
हो, झुन्डिएर व्यायाम गर्नु पनि उचाई बढाउने एक भरपर्दो व्यायाम हो। ‘झुन्डिएर मात्रै हाइट बढ्दैन’ भन्ने कुरा पनि सम्झिनुहोस्। बार बाट झुन्डिएर शरीरलाई तन्किन दिनुहोस्। झुन्डिँदा आफ्नो खुट्टालाई जमिनसँग समानान्तर हुने गरि राख्नुहोस्। यो व्यायाम पनि दिनहुँ गर्नुभयो भने अलिकति भएपनि उचाई बढाउन टेवा पुग्दछ।

2 hanging
३. खुट्टा छुने
सुन्दा सामान्य लाग्न सक्छ तर विश्वास गर्नुहोस् यो व्यायाम गर्नु सजिलो छैन। सुरुमा सिधा उभ्भुनुहोस् अनि बिस्तारै घँडालाई नखुम्च्याइ हातको औँलाले खुट्टाको औँलालाई छुने प्रयास गर्नुहोस्। यो व्यायाम बिहान-बिहान गर्नुहोस् अनि दिनभरी स्फुर्तिमा काम गर्नुहोस र बिस्तारै उचाई पनि बढाउनुहोस्।

3 toetouch
४. कोब्रा स्ट्रेच
उचाई बढाउनु भनेको तपाईँको मेरुदण्डको पनि आकार बढ्नु हो। त्यसैले कोब्रा स्ट्रेच गर्दा तस्विरमा देखाइएजस्तै आफ्नो मेरुदण्डलाई बिस्तारै पछाडितिर तन्काउनुपर्दछ।

4 cobrastretch
५. टेबल आसन
यो व्यायामको लागि तपाईँले आफ्नो शरीरलाई टेबलजस्तो आकारमा बनाउनुपर्दछ। उचाई बढाउनको लागि यो व्यायाम विशेष गरी उचित हुन्छ। यो व्यायाम गर्नको लागि सुरुमा आफ्नो खुट्टालाई थोरै फट्ट्याएर बस्नुहोस् अनि दुबै हातलाई पछाडिबाट भुइँमा टेक्नुहोस् ताकि हातको औँलाहरू खुट्टातिर फर्केको होस्। त्यसपछि बिस्तारै आफ्नो शरीरलाई माथि उठाउनुहोस् तर हात र खुट्टाले भने भुइँलाई नै छोएको हुनुपर्दछ।

5 table
६. स्किपिङ्ग रोप
यो व्यायाम स्कुल विध्यार्थिहरूको लागि मात्रै नभएर सबैको लागि उपयुक्त हुन्छ। यदि तपाईँ आफ्नो उचाई बढाउन चाहनुहुन्छ भने यो व्यायाम गर्नु जरुरी हुन्छ।

6 jumprope
७. स्पट जम्प
यो व्यायाम सामान्य र सजिलो छ तर दिनदिनै गर्नुभयो भने उचाई बढ्न समय लाग्दैन। यो व्यायाम गर्नको लागि सुरुमा आफ्नो खुट्टालाई थोरै दुरिमा राखेर सिधा उभ्भिनुहोस्। त्यसपछि बिस्तारै घँडालाई खुम्च्याएर उफ्रिँदा हात सिधा माथि र खुट्टालाई सिधा तन्काउनुहोस्। नियमित रूपमा यो व्यायाम गर्दा पनि उचाई बढ्न सहयोग पुर्याउँछ।

7 spot-jump
८. सुपर स्ट्रेच
यो एकदमै सजिलो र सहयोगी स्ट्रेच व्यायाम हो। यो गर्नको लागि सिधा उभ्भिएर आफ्नो हातलाई टाउको पछाडि क्रस गरेर राख्नुहोस्। त्यसपछि बिस्तारै टाउकोलाई पछाडितिर लग्दै आफ्नो मेरुदण्डलाई तन्काउनुहोस्। फेरि त्यसरी नै बिस्तारै अगाडि आउनुहोस्। यसले तपाईँको मेरुदण्डलाई तन्काउन मद्धत गर्दछ र थकान पनि मेटाउँदछ।

8 super-stretch
९. वृक्षासन
वृक्षासन गर्नको लागि तस्विरमा देखाएजस्तै गरी आफ्नो खुट्टालाई तपाइँको हात र मेरुदण्डको सहायताले सिधा माथि लग्नुहोस् र बिस्तारै तल झार्नुहोस्। यो आसन केहि बेरसम्म दिहोर्याउनु उचाई बढाउने एक अचुक व्यायामको तरिका हो।

9 two-leg-lift
१०. रोल ओभर
यो व्यायाम गर्न गाह्रो त छ तर उचाई बढाउनु छ भने यो गर्नु कुनै ठूलो कुरा होइन। यो आसन गर्नको लागि सुरुमा भुइँमा उत्तानो परेर सुत्नुहोस् र हातलाई भुइँमै राखि खुट्टा र कम्मरलाई उठाएर टाउको पछाडि लग्नुहोस्। यसो गर्दा घुँडालाई नखुम्च्याउनुहोस्।

10 pilates-roll-over

विभिन्न शारीरिक व्यायाम गर्दा पनि कसै-कसैको उचाई नबढ्न सक्छ किनभने सबैको शरीर उस्तै हुँदैन। तर शारीरिक व्यायाम सँगसँगै आफ्नो दैनिकी खानेकुरामा पनि ध्यान दिनुभयो भने कुनै रासायनिक औषधीबिना नै उचाई बढाउन सकिन्छ।

उचाई बढाउने केहि खानेकुराहरू यसप्रकार रहेका छन्।

  • दूध
  • ताजा फलफूल
  • शुद्ध मासु
  • काँचो अण्डा
  • क्याल्सियम
  • गहुँको आँटा
  • सोयाबिन
  • भिटामिन