अव गर्मी मौषम शुरु भएको छ । गर्मी सिजनमा कम कपडा लगाउँदा आफ्नो शरीर मोटो नदेखियोस भन्ने चाहाना सबैमा हुन्छ । त्यतिमात्र होइन गर्मी महिनामा अल्छी बढी लाग्ने समस्या समेत हुन्छ ।

गर्मी सिजनमा फिट र फ्रेस रहन के खाने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

fruit 1

 

गर्मी सिजनमा फिट र फ्रेस रहनका लागि जुस, दही, लस्सी, कागती पानी, आँपको लस्सी, बेलको शर्बत, नारियलको पानी, उँखुको रस जस्ता रस भएका चिज सबै भन्दा बढी सेवन गर्नु पर्छ ।

चियाँ कफी भने गर्मी सिजनमा कम नै सेवन गरेको राम्रो हो किन भने यसको माध्यमबाट शरीरमा पानीको मात्रा पुग्ला भन्ने भ्रम कतिपयमा भएपनि यसमा हुने क्याफिनले उल्टो शरीरमा पानीको कमी पेदा गरिदिन्छ ।

fitness in hot season

गर्मी महिनामा कतिपयले निक्कै चिसो पानी पिउन मन पराउँछन् त्यो पनि राम्रो बानी होइन । यसले तपाइँको पेटमा समस्या ल्याउन सक्छ । गर्मी मौषममा पनि सके सम्म रुम टेम्प्रेचर वा मन तातो पानी नै राम्रो मानिन्छ किन भने यसले शरीरको मेटाबोलिजमलाई सन्तुलित राख्छ ।

babana

सिजनका तरकारी र फलफूल
गर्मी मौषममा गाजर, टमाटर, पालक, काँक्रो मात्र नभएर सिजनको तरकारी पनि सेवन गर्नु पर्छ । ताजा तरकारी र फलफुलको सेवनबाट एसिडिटीको समस्या हुँदैन । र गर्मी मौषममा तपाइँको शरीरमा तामक्रम सन्तुलित राख्न पनि मद्धत गर्छ ।

गर्मी मौषममा मौषमी फलफूल भरपुर मात्रामा सेवन गर्नुपर्छ । यसले पेटमात्र भरिने होइन क्यालोरी पनि दिन्छ । तरभुजा गर्मीमा निक्कै फाइदाजनक मानिन्छ । यसले तपाइँको त्वचालाई पनि बँचाइ राख्छ ।

मौषम वा कागती पनि गर्मी मौषममा बरदान नै मानिन्छन् । यसले शरीरमा पानीको मात्रा सन्तुलित गरिदिन्छ भने गर्मीबाट पनि बचाउँछ । छालामा पनि निखार ल्याउन कागतीको सेवन राम्रो मानिन्छ ।

 

यदि तपाइँ मोटो हुनुहुन्न भने विहानको ब्रेकफाष्टमा केरा खानुस् । यसमा रहेको पोटासियम र आइरनले दिनभरी चुस्त राख्न मद्धत गर्छ । यसमा भिटामिन सी मात्र होइन अन्य तत्व पनि प्रयाप्त मात्रामा हुन्छ ।

गर्मी मौषममा विहानको समयमा हल्का वाकिङ वा अन्य शारीरिक अभ्यास राम्रो मानिन्छ । यसले शरीरलाई फिट राख्छ । ब्यायाम गर्दा सके सम्म सिकेर गर्नुस् ।

 

यो पनि हेर्नुस् 

कुन बार कुन फल खाने (सूची सहित)

कार्यालयमा स्फुर्त रहन यी ७ तरिका अपनाउनुस्

तपाइँलाई थाहा नहुन सक्छ कागती पानीको यो जादु