10-celebrity-teenage-brides

 

 विश्वका हरेक मानिसलाई कुनै न कुनै दिन कोही न कोहीसँग प्रेम अवस्य पनि हुन्छ । धेरै मानिसलाई सानो उमेरमा नै प्रेम हुन्छ र भनिन्छ उक्त प्रेम सहजै भुलाउन सकिँदैन । बालापनमा लगाएको मायाले जीवनभर नै सम्झना दिलाइरहन्छ । 

 

यस्तै, चलचित्र नगरीमा पनि बालापनमा नै प्रेम गर्ने सेलिब्रेटीहरूको कमी छैन् । किशोरवस्थामा प्रेम गरेर विवाह गर्ने सेलिब्रेटीहरू पनि धेरै छन् र तीमध्ये धेरै सेलिब्रेटीको विवाहपछी सम्बन्ध राम्रो हुन सकेन र धेरैले सम्बन्धविच्छेद नै गरेका छन् । सरी सम्बन्धमा फाटो आएपछि मात्र धेरैको होस आएको थियो । 

यसरी किशोरावस्था प्रेममा फसे र विवाह गर्ने केहि सेलिब्रेटीहरुको बारेमा जानौ । 10-celebrity-teenage-brides

– एलिजाबेथ टेलरः हलिउडकी चर्चित नायीका एलिजाबेथ टेलरले १८ वर्षको उमेरमा नै प्रेमसम्बन्धका कारण विवाह गरेकी थिइन् । कानरेड हिल्टनसँग प्रेममा फसेपछि उनले कारनेडसँग विवाह गरेकी थिइन् । कारनेड एक व्यापारी थिए । तर, दुर्भाग्य यी दुईको विवाह एक वर्षभन्दा बढी समय टिक्न सकेन ।10-celebrity-teenage-brides– दिव्या भारतीः बलिउडकी नायीका दिव्या भारतीले बलिउडका निर्माता साजिद नाडियावालासँग विवाह गरेकी थिइन् । उनको विवाह १८ वर्षको उमेरमा नै भएको थियो । उनको विवाह भएको एक वर्षपछि नै उनको निधन भएको थियो । तर, अहिलेसम्म पनि उनको निधनको कारणबारे केहि थाहा हुन सकेको छैन् ।10-celebrity-teenage-brides– ड्रुयु बैरीमुरः हलिउड अभिनेत्री ड्र्यु बैरीमूरले १९ वर्षको उमेरमा विवाह गरेकी थिइन् । उनले जर्मी थोमससँग विवाह गरेकी थिइन् तर उक्त विवाह मात्र १ महिना मात्र कायम भएको थियो । यसरी एक महिनामा नै सम्बन्ध टुटेपछी धेरै आश्चर्यमा परेका थिए ।10-celebrity-teenage-brides– डिंपल कपाड़ियाः ‘बबी’की नायीका डिम्पल कपाडियाले १६ वर्षको उमेरमा नै विवाह गरेकी थिइन् । उनको विवाह बलिउडका नायक राजेश खन्नासँग भएको थियो । उक्त समयमा राजेश खन्ना ३१ वर्षका थिए । यी दुईबीचको सम्बन्ध पारपाचुकेसम्म नपुगेपनि विवाहको केही वर्षपछि अलग-अलग बस्दै आएका थिए ।10-celebrity-teenage-brides– किम कार्दाशिनः टेलिभिजन स्टार तथा चर्चित मोडेल किम कार्दाशिनले तीनपटक विवाह गरिसकेकी छिन् । उनले पनि निकै कम उमेरमा विवाह गरेकी थिइन् । उनले १९ वर्षको उमेरमा म्युजिक निर्माता ड्यामन थोमससँग गरेकी थिइन् । उनको उक्त वैवाहिक सम्बन्ध तीन वर्षपछि तोडिएको थियो । अहिले उनी पप स्टार कान्हे वेष्टसँग विवाहित जीवन बिताइरहेकी छिन् भने एक सन्तानकी आमा समेत बनेकी छिन् ।10-celebrity-teenage-brides– डेमी मूरः अमेरिकाकी नायीका डेमी मूरले आफ्नो पहिलो विवाह मात्र १८ वर्षको उमेरमा फ्रेडी मूरसँग भएको थियो । उनको विवाह प्रेम सम्बन्धपछि नै भएको थियो । यी दुईको प्रेमपछिको विवाह सम्बन्ध करिब ५ वर्ष चलेको थियो ।10-celebrity-teenage-brides– मीना कुमारीः बलिउडकी चर्चित नायीका मीना कुमारीले चलचित्र निर्देशक कमाल अमरोहीसँग सन् १९५२ मा विवाह गरेकी थिइन् । उक्त समयमा मीना कुमारीको उमेर मात्र १९ वर्षको थियो । विवाहपछि उनको जीवनमा निकै उतारचढाव आएको थियो । पछी उनले पनि पारपाचुके गरेर कमालसँग छुट्टै बसेकी थिइन् ।10-celebrity-teenage-brides– सुनिधि चौहानः बलिउडकी गायीका सुनिधी चौहानको पनि मात्र १८ वर्षको उमेरमा विवाह भएको थियो । उनले बलिउडका निर्देशक तथा कोरियोग्राफर बबी खानसँग विवाह गरेकी थिइन् । सुनिधीले उक्त विवाहका लागि परिवारसँग विद्रोह नै गरेकी थिइन् । यी दुईको वैवाहिक सम्बन्ध पनि निकै लामो समय टिक्न सकेन । दुईबीच १ वर्षपछि नै पारपाचुके भएको थियो ।10-celebrity-teenage-brides– मर्लिन मुनरोः हलिउडकी निकै सफल नायीका मर्लिन मुनरोको विवाह निकै कम उमेरमा भएको थियो । उनी मात्र १५ वर्षको हुँदा उनको विवाह भएको थियो । उनले प्रहरी अधिकारी जेम्स डाहर्टीसँग विवाह गरेकी थिइन् । मर्लिनको यो विवाह पनि निकै लामो समय टिक्न सकेन । करिब २ वर्षपछि नै उनको उक्त वैवाहिक सम्बन्ध टुटेको थियो ।10-celebrity-teenage-brides– ऊर्वशी ढोलकियाः भारतको टेलिभिजनमा उर्वशी ढोकलिया निकै चर्चित नाम हो । बिगबोस ६ की विजेता समेत बनेकी उर्वशीले मात्र १६ वर्षको उमेरमा विवाह गरेकी थिइन् भने १७ वर्षको उमेरमा उनले जुडुवा सन्तान समेत जन्माएकी थिइन् ।