३ जेठ, नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छन ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बभएकी हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरेकी थिइन ।

त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी भएकी छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरेका छन ।

यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी बनेका छन । यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मिना राना एक हजार ४९४ मतअन्तरले विजयी बनेकी हुन ।

अध्यक्ष पदमा जिसीले कुल छ हजार ०९९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) लक्ष्मण पाण्डेले पाँच हजार ३३० मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल छ हजार ८९६ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले पाँच हजार ४०० दुई मत प्राप्त गरेकी थिइन् ।

यसअगावै, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी बनेका छन । यसैगरी, उपाध्यक्षमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठ बिजयी बनिसकेकी छन ।

योसँगै नवलपरासीका कुल चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी बनेको हो । रासस