९ असार, एजेन्सी ।

चिनियाँ गुप्तचरलाई अत्यन्त गोप्य सूचना उपलब्ध गराएको आरोपमा एक पूर्व कुटनितिज्ञलाई अमेरिकी गुप्तचर संस्था एफबीआईले पक्राउ गरेको छ । भर्जिनियाका केभिन म्यालोरीले सन् २०१७ को मार्च अप्रिल महिनामा चीन भ्रमणको समयमा सूचना चुहाएको एफबीआईले दाबी गरेको हो ।

शिकागो विमानस्थलमा केभिनको ब्यागमा भेटिएको १६ हजार पाँचसय अमेरिकी डलरको श्रोत समेत खुल्न नसकेको एफबीआईले जनाएको छ । आरोप प्रमाणित भए केभिनलाई आजिवन कारावास हुने ब्यवस्था अमेरिकी कानुनमा रहेको छ ।

अमेरिकी सरकारको कर्मचारी रहँदा केभिनलाई उच्च जिम्मेवारी दिइएको एफबिआईले पुष्टि गरेको छ । केभिनले सूचना उपलब्ध गराएका ब्यक्ति साङ्घाई एकाडेमी अफ सोसियल साइन्स सम्बद्ध रहेको एफबीआईले दाबी गरेको छ । साङ्घाई एकाडेमी अफ सोसियल साइन्स चिनियाँ सरकारको बौद्धिक प्रबुद्ध समुह हो ।