१० असार, झापा। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसकै अभिभावकत्वमा देशले संविधान पाएको बताएका छन् ।
झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनलेसंबिधान जारी गर्ने नेतृत्व काँग्रेसले गरेको र अब कार्यन्वयनको नेतृत्वपनि काँग्रेसले नै गर्ने बताए ।

उनले भने,‘ संविधान कार्यन्वयनको पहिलो खुट्कीलो भनेको चुनाव हो, २० वर्ष देखि हुन नसकेको स्थानीय निकायमा पुर्नसंरचना गरि हामीले स्थानीय तहको निर्वाचन गर्दै छौँ, यसको नेतृत्व काँग्रेसले गरि रहेको छ’ ।

उनले काँग्रेसले निर्वाचनमा हार्दा देशलेनै हार्ने बताए । उनले काँग्रेसकै नीतिमा अरु दलहरु पनि आएको जिकिर गरे ।