१५ असार, उदयपुर ।

उदयपुरमा नेकपा एमालेले खाता खोलेको छ । ताप्ली गाँउपालिकाको १ र २ वडामा एमालेको प्यानलै वजयी भएको हो । वडा नं. १ को अध्यक्षमा गोबिन्द विक्रम सेन ४ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै वडानं २ मा एमालेका धर्मध्वज राई ३ सय २४ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उमेदवार पदम तामाङ अग्रस्थानमा छन् । तामाङले २ सय ७५ मत प्राप्त गर्दा एमालेका उद्धसिंह थापाले १ सय ९२ मत प्राप्त गरेका छन् ।

उदयपुरको ८ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा मतगणना जारी छ ।