२३ असार, विराटनगर । विराटनगर महानगरपालिको मत गणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता निरन्तर कायम रहेको छ ।

काँग्रेसका भीम पराजुलीले १६ हजार ५२७, एमालेका विनोद ढकालले १२ हजार ३७७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले ११ हजार ५७३ मत ल्याएका छन ।

यस्तै उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीको १४ हजार ४३१, माओवादी केन्द्रकी नमिता न्यौपानेको ८ हजार ८७७ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको सात हजार ६६७ मत छन् ।