१ साउन, काठमाडौं ।

संसदको संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो ।

पराजुलीविरुद्ध समितिमा एउटा पनि उजुरी परेको थिएन । अव पराजुलीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् । संवैधानिक परिषद्ले पराजुलीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

पराजुलीले सुनुवाईका क्रममा अदालतको सुधारका लागि मुस्कान सहितको सेवा सहितका ३८ बुँदे योजना पेश गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीले उमेरहदका कारण जेठ २४ गते अनिवार्य अवकास लिएपछि वरिष्ठताका आधारमा पराजुलीले कायम मुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका थिए ।