५ साउन, काठमाडौं । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो ।

नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक/एक गोल खायो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे ।