८ साउन, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले आईतबारदेखि सीधा टेलिफोन सम्पर्क हटलाईन सेवा शुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आज कार्यकालको तीन महिना पुगेका अवसरमा सिधासम्पर्क हटलाइन टेलिफोन सेवाको शुभारम्भ गरे ।

अध्यक्ष राणाले उद्योगी, व्यवसायी र संघका सदस्यका सुझाव तथा समस्या एवं अन्य जानकारीको तत्काल समाधान र अभिलेख राख्ने उद्देश्यबाट सीधासम्पर्क सेवा सुरु गरेको बताए । राणा महासंघको ५१ औँ महाधिवेशनबाट २०७३ चैत २९ गते अध्यक्ष पदमा निर्वा्चित भएका थिए ।

राणाले कार्यकालको तीन महिनामा महासंघको संस्थागत विकासमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरेको जानकारी दिए ।कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आयात, निर्यात व्यापार प्रवद्र्धनमा अन्तराष्ट्रिय वित्तीय संस्थासँग र नेपाली श्रमिकको रोजगारका विषयमा अन्तर्रा्ष्ट्रिय श्रम संगठनका प्रतिनिधिसँग छलफल भएको धारणा राखे ।

महासंघले हालसालै चीनमा सम्पन्न पुनःनिर्माण र लगानीसम्बन्धी कुन्मिङ् सम्मेलनमा सहभागिता जनाएको थियो । संघले प्रदेश १ र २ मा समृद्ध परियोजना सञ्चालनमा ल्याउने भएको छ ।