२९ साउन, एजेन्सी।  उत्तर कोरिया र अमेरिकाबीचको बढ्दो तनावकाबीच केहि दिन यता एक ठाउँको नाम चर्चामा आएको छ, त्यो हो गुआम द्धिप।

उत्तर कोरियाले अमेरिका नियन्त्रित गुआम द्धिपमा मिसाइल आक्रमण गर्ने बारेमा सोचिरहेको बताएपछी यस स्थानको बारेमा चर्चा ह्वात्तै बढ्यो।

 

गुआम द्धिपका बारेमा कुरा

.पोर्चुगिज खोजकर्ता फ्रेडिनेन्ड मजिलेनले पत्ता लगाएको चालिस वर्षपचि सन १५६५ मा स्पेनले यस द्धिपमाथि दाबी गरेको थियो। सन १८९८ मा भएको अमेरिका स्पेन युद्ध सम्म यो स्पेनकै भुभाग थियो । तर पेरिस सन्धी पनि स्पेन यो द्धिप अमेरिकालाई हस्तान्तरण गर्यो ।

सन १९४१ मा पर्लहार्बरमा गरेको आक्रमण पछि जापानले यस द्धिपलाई नियन्त्रणमा लियो। ३ वर्षपछि मित्रशक्तिले यसलाई पुन: नियन्त्रणमा लिए।  सन १९५० मा गुआम आधिकारिक रुपमा अमेरिकी क्षेत्र बन्यो ।

. सन १९५० मा अमेरिकी कांग्रेसले अर्गानिक एक्ट अफ गुआम पास गर्यो र त्यहाँका नागरिकलाई अमेरिकी नागरिकता दिइयो। तर गुआमका नागरिक अमेरिकी राष्ट्रपति निर्वाचनमा भने भोट हाल्दैनन्।

सन १९७० मा पहिलो पटक गुआममा गर्भनर निर्वाचित भए। सन १९७२ पछी अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा गुआमबाट एक ननभोटिङ डेलिगेट छन्।

 

.गुआममा अमेरिकी नेभीको सैन्य बेस रहेको छ ।यसको साथै यहाँ अमेरिकी एअरफोर्सको एण्डरसन एअरफोर्स बेस रहेको छ । यो एअरफोर्स बेसमा बि-५२ वर्षवर्षक विमान र लडाकु विमान तैनाथ छन्।

 

गुमानमा परमाणु शक्तियुक्त अमेरिकी  युद्धपोत पनि तैनाथ छन्।

यहाँ ७ हजार अमेरकीसैनिक परिवार सहित बस्ने गर्दछन्। यस द्धिपको कुल जनसंख्या एक लाख ६० हजार रहेको छ।

 

. गुआम उत्तर कोरियाबाट सबै भन्दा नजिक रहेको अमेरिकी क्षेत्र हो। उत्तर कोरिया र गुआमकोबीचको दुरी ३४२७ किलोमिटर छ । जबकि गुआम हवाईबाट ६३७३ किलोमिटर पर पर्दछ । गुआम प्रशान्त महासागरको सुदुर दक्षिणी भागमा पर्दछ। गुआमको क्षेत्रफल २१० बर्गमाइल छ जुन शिकागो बराबरको क्षेत्र हो।

 

. गुआममा ४० प्रतिशत मानिस चमोरो जातिका छन्। चोमोरो यहाँका मुल निवासी हुन्।  यसका साथै २४ प्रतिशत संख्या फिलिपिनोको छ। यसैगरि १० प्रतिशत माइक्रोनेजन छन्।

यहाँको आधिकारिक भाषा चमोरो र अंग्रेजी हो।

५ जुन २०१५ मा समलैंगिक विवाहलाई मान्यता दिने गुआम पहिलो अमेरिकी क्षेत्र बन्यो। गुआममा लागु भएको १५ दिनपछि अमेरिकी सु्प्रिम कोर्टले अमेरिका भर समलैंगिक विवाहलाई मान्यता दियो।