१८ भदौ, उदयपुर ।

उदयपुरको कटारीमा आज दिउँसो एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ । कटारी ४ की १५ वर्षिया मेनुका मगरको सडक नजिकै खेल्दै गर्दा करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी चिरन्जिबी कोईरालाले बताए ।

सडक नजिकको पर्खालबाट हाम फाल्दा तल रहेको हाईटेन्सन लाईनमा बालिकालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।