२१ भदौ, महोत्तरी ।

प्रदेश नं. २ को महोत्तरीमा मनोनयन दर्ता अवेर राति सम्म चल्ने भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले विहान १० वजे देखि ५ वजेसम्म मनोनयन पत्र दर्ता गराउने समय सिमा तोके पनि दलहरुले सोहि समय भित्र दर्ता स्थल नपुगिदिएपछि मनोनयन दर्ता प्रक्रिया अवेर रातिसम्म हुने देखिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सर्वदलिय वैठकमै दलहरुको लागि समय छुटयाए अनुसार आआफनो समयमा नआएको र दिउँसो एक वजेपछि मात्र सवै दलका उम्मेदवार मनोनयन दर्ता स्थल पुगे पछि रुजु गर्न समय लागेकोले मनोयन दर्ता प्रक्रिया अवेर राति मात्र सक्ने मूख्य निर्वाचन अधिकृत किरण पोखरेलले बताए ।

महोत्तरीको वर्दिवासमा राजापा नेपाल लगायत मधेसवादी दलले उम्मेदवार पाउन नसकेपछि उम्मेदवारी दर्ता गराएको छैन । १० नगरपालिका र ५ गाउँपालिकाको १३८ वडाका लागि ७ सय २० प्रतिनिधि निर्वाचित हुने निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यता टिकट वितरणमा भेदभाव गरेको भन्दै दर्जन भन्दा बढी राजपा नेपालका नेता कार्यकर्ताहरु असन्तुष्ट भई पार्टी परिवर्तन गरि उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल महोत्तरीका अध्यक्ष मण्डलका सदस्य समेत रहेका नरेन्द्र यादव उमेदवारी पार्टीले टिकट नदिएपछि उनी मनोनयन दर्ताको पूर्व संध्यामा माओवादी केन्द्रमा प्रवेश गरेर औरही नगरपालिकाको मयेरमा उम्मेदवारी दिएका छन ।

राजपा नेपालका केन्द्रिय सदस्य सुरेन्द्र सिह पार्टीले टिकट नदिए पछि संघिय समाजवादी फोरममा प्रवेश गरेर जलेश्वर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको छ ।

मधेसवादी दलसंग आवद्ध मुजिम राईन टिकटकै लागि नेकपा एमालेमा प्रवेश गरि मटिहानी नगरपालिकाको मेयरमा पदमा उम्मेदवारी दर्ता गराएको छ ।

यस्तै राजपा नेपालकी नेतृ राजकुमारी देवी महतोले टिकटकैलागि संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरि गौशाला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन । उनी सदभावना पार्टीबाट निर्वाचन क्षेत्र नं. ६ बाट दोस्रो संविधान सभा चुनावमा सांसद पदमा समेत उम्मेदवारी दिइ चौथो स्थान प्राप्त गरेका थिए ।

जलेश्वर नगरपालिका वडा नं. ४ सुगाको वडा अध्यक्षमा भोला तिवारीले राजपा नेपालबाट टिकट नपाए पछि संघिय समाजवादी फोरममा प्रवेश गरेर उक्त वडाको अध्यक्षमा उम्मेदवारी दिएका छन ।

नेपाली काँग्रेसले वडा अध्यक्षमा टिकट नदिए पछि पार्टीका युवा नेता राकेश साहले जलेश्वर नगरपालिका २ को वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राजपा नेपालबाट टिकट नपाएका पिपरा गाउँ पालिका वुलन मिश्रले संघिय समाजवादी फोरमबाट गाउँपालिका अध्यक्ष्प पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

अन्तिम समयमा आएर राजपा नेपालका नेता लक्ष्मी साहलाई टिकट नदिएपछि उनी जलेश्वर नगरपालिका वडा नं. २ को वडा अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।