२२ भदौ, विरगञ्ज ।

आगामि असोज २ गते प्रदेश नम्बर २ मा हुनगइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनको सुरक्षालाई लिएर बीरगंजमा नेपाल भारत सीमा सुरक्षा बैठकको संचालन भइरहेको छ ।

प्रदेश नम्बर २ अन्तर्गत पर्सा, बारा र रौतहट जिल्लामा हुन गइरहेको तेस्रो चरणको निर्वाचनमा सीमावर्ती क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले बरिगंजको होटेल भिषुवामा १ दिने सीमा सुरक्षा बैठक आयोजना गरेको हो ।

बैठकमा नेपालको तर्फबाट पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गाराज पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी बिजय प्रसाद मानन्धर र रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर मानन्धरको साथै पर्सा, बारा र रौतहटका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुहरुको समेत उपस्थिती रहेको छ ।

गोष्ठीमा भारतको विहारस्थित पूर्वि चम्पारण मोतिहारीका डिष्ट्रिक मेजिस्ट्रेट रमन कुमार, पश्चिम चम्पारण बेतियाका डिष्ट्रिक मेजिस्ट्रेट एन.सी. डेभारे, भारतीय महाबाणिज्य दुत बि.सि. प्रधान, पश्चिम चम्पारण बेतियाका एसपी विनय कुमार लगायत महाबाणिज्य दुताबासका कर्मचारीहरुको उपस्थिती रहेको छ ।

निर्वाचनको क्रममा नेपाल भारतको खुल्ला सीमावर्ती क्षेत्रमा कुनै अपराधिक गतिविधिहरु संचालन नहोस् भन्ने बिषयमा केन्द्रीत हुने पर्साका साहायक प्रजिअ दुर्गाराज पौडेलले बताएका छन् । निर्वाचनको क्रममा सवारी आवगमनलाई रोक्नको लागि आग्रह समेत गर्ने पौडेलले बताए ।

स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा १६७ स्थानीय तह रहेको जसमध्ये ७३ मतदान स्थल अति सम्बेदनशिल र ७९ मतदान स्थल संम्वेनशिल रहेको छ ।

यसअघि हुने नेपाल भारतमा हुने जुनसुकै निर्वाचमा पनि निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै दुबै मुलुकको स्थानीय प्रशासनले करिव ४८ घण्टा अगाडीबाटै सवारी आवगमनलाई समेत बन्द गर्दै आइरहेका छ ।