२८ भदौ, काठमाडौं ।

मलेसियामा जारी अण्डर १९ एसिया कप छनौट क्रिकेट प्रतियोगितामा नेपालले भुटानमाथि सान्दार जित दर्ता गरेको छ । नेपालले भुटानलाई ९ विकेटले हरायो ।

भुटानले दिएको ५१ रनको झिनो लक्ष्य नेपालले ८ ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन जोडे पेभेलिएन गए पनि आशिफ शेखले २१ बलमा अविजित २३ रन र अनिल कुमार शाह ५ बलमा ४ रन नटआउट रहे ।

टस जितेर पहिले ब्याटिङ्ग रोजेको भुटान २८ ओभर खेल्दै ५० रन बनाएर अलआउट भयो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५ विकेट लिए । यस्तै सन्दीप लामिछाने ४ र नन्दन यादवको नाममा एक विकेट रह्यो ।

भुटानका टासी फुन्टोसोले १६ र उग्यन दोर्जीले १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि नेपालले अस्ती थाइल्याण्डमाथि २ सय ५५ रनको फराकिलो जित हात पारेको थियो ।

आजको खेल जितेसँगै नेपाल शिर्ष स्थानमा रहँदै अर्को चरण प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपालले समूह चरणमा अब भोली सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ ।