७ असोज, वीरगञ्ज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिकाको मतगणना रोचक बनेको छ। सुरुवातदेखि केही दिनसम्मको मतगणनामा राजपाका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका थिए।

तर, शनिबारदेखि सिंह तेस्रो स्थानमा आएका छन् भने कांग्रेस उम्मेदवार अजय द्धिवेदीले मेयरमा अग्रता लिएका छन्। अहिलेसम्म ३० हजार ७१७ मतगणना भएको छ।

कांग्रेसलाई संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले पछ्याइरहेका छन्।

कांग्रेसका अजय द्धिवेदीले ६ हजार ४०३ मत ल्याएका छन् भने फोरमका सरावगीले ६ हजार १८१ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै राजपा उम्मेदवार सिंहले चार हजार ७४१ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेस उम्मेदवार शान्ति कार्की फोरमकी उम्मेदवार पिंकी यादवभन्दा ठुलो मतान्तरले अघि छिन्।