८ असोज, काठमाडौं ।
रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनालेमात्रै मुलुकको राष्ट्रिय संकटको समाधान गर्न सक्ने बताएका छन । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री प्रधानले यस्तो बताएका हुन ।

मन्त्री प्रधानले उक्त परियोजना अन्तर्गत अहिले ९९ वटा पुल निर्माण गर्नुपर्ने रहेको र ९ किलोमिटर टनेल बनाउनुपर्ने रहेको बताए । सेनालाई दिईएका जिम्मेवारीहरु उसले समयमै सम्पन्न गरेको उदाहरण पेश गर्दै मन्त्री प्रधानले पछिल्लो समय नेपाली सेना जनताको मनमा बस्न सफल भएको उल्लेख गरे ।

उनले कर्णाली करिडोर अन्तर्गतको हुम्ला–सिमीकोट सडकखण्ड अन्र्तगर्त एक सय ९६ कि.मि. दुई वर्षभित्रै सम्पन्न गर्ने विश्वास दिलाए ।साक्षात्कारमा खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले मेलम्चीको खानेपानी केही महिनाभित्रै काठमाडौं आउने विश्वास दिलाए ।

यद्धपी उनले पानी आउन १५ दिन वा एक महिना ढिला भएपनि अत्तालिन नहुने बताए । उनले मेलम्चीको खानेपानीको आयोजना निर्माणका क्रममा रकम अभाव नहुने पनि स्पष्ट पारे ।