२४ असोज, चितवन । नेपाल परिवार दलले नेकपा एमालेसँग भएको ३ बुँदे सहमति अनुमोदन गरेको छ ।

आमाको किरिया बसेका पार्टी अध्यक्ष एकनाथ ढकालको चितवनस्थित निवासमै आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सहमति अनुमोदन गरेको हो ।

बैठकले परिवार दलका तपर्फबाट उम्मेदवारको सिफारिस गर्न केन्द्रीय कार्य सम्पादन समितिलाई अधिकार दिएको छ । बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष ढकालले एमालेसँगको चुनाबी गठबन्धन मुलुकमा स्थिरता र विकासका लागि भयको बताए ।

अध्यक्ष ढकालले तोकियको मितिमै निर्बाचन हुनु पर्नेमा जोड दिदै सहमतिको आधारमा प्राप्त हुने निर्बाचन क्षेत्रमा उम्मेदवार हुन आफुँ तयार रहेको पनि बताए । महामन्त्री बिनोद डाँगीले अध्यक्ष ढकालको आमाको दुःखद निधन भएकोमा प्रस्तुत गरेको शोक प्रस्ताब बैठकले पारित गरेको थियो ।