२५ असोज, बेइजिङ । भ्रष्टाचार नियन्त्रणका लागि बनाइएको उच्च समितिले मितव्ययिता कानुन उल्लङ्घन गर्ने छ हजार १८७ अधिकारीलाई कारबाहीको दायरामा ल्याएको चिनियाँ कम्युनिष्ट पार्टीले मङ्गलबार जनाएको छ ।

उनीहरूलाई चार हजार ५०६ मुद्दामा चिनियाँ अधिकारीमाथि कारबाही गरिएको उक्त समितिले जनाएको छ ।

मितव्ययिता उल्लङ्घन गरिएका घटनामा अधिकांश गैरकानूनी रूपमा भत्ता, लाभांस लिने लगायतका आर्थिक अपचलनका मुद्दा भएका समितिले जनाएको छ । यसबाहेक सरकारी गाडीको दुरुपयोग तथा सर्वसाधारणको कामका लागि उपहार लिएको बताइएको छ ।

समितिले यस आर्थिक बर्षको नौ महिनाको अन्तरालमा जम्मा ४७ हजार अधिकारीलाई ३३ हजार ४७१ मुद्दामा अन्य तर सामान्य वित्तीय अपराध उल्लङ्घन गरेको आरोपमा चिनियाँ अधिकारीमाथि कारबाही गरेको जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१२ देखि कार्यान्वयनमा ल्याइएको आठ बुँदे मितव्ययितासम्बन्धि नियमले सामाजिक तथा वित्तीय अपराध नियन्त्रणमा समारात्मक भूमिका खेलेको र यसबाट सरकारी, पार्टी तथा प्रान्तीय संघसंस्थामा आर्थिक अपचलनका घटनामा कमी आएको भेटिएको पनि समितिले जनाएको छ । रासस/ सिन्ह्वा