२७ असोज,काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधि सभा सदस्यका लागी चुनाव लड्ने भएका छन् । नेकपा माओवादी केन्द्र कालीकोटको आज सम्पन्न बैठकले शाहीको नाम प्रतिनिधि सभा सदस्यका लागी सिफारिस गरेको हो ।

शाहीसंगै प्रतिनिधी सभा सदस्यका लागि दुर्गबहादुर रावत र लक्ष्मीप्रसाद चौलागाईको नाम पनि सिफारिस गरिएको छ । त्यस्तै प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकमा महिलाबाट यशोधा न्यौपाने ,दलितबाट पौरख बि.क., खस आर्यबाट लिलाराज बरालको नाम सिफारिस गरिएको छ ।

कालीकोटबाट प्रदेशसभा क का लागि धनजीत शाही , गणेशबहादुर शाही र खेमबहादुर सिंहको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा क्षेत्र नम्बर ख का लागि इन्चार्ज जीवन बुढा, जनकनाथ योगी , जगत शाही र प्रकाश रोकायाको नाम सिफारिस गरिएको छ ।

त्यसैगरि प्रदेशसभा सदस्यका लागि समानुपातिक कोटामा कृष्णप्रसाद आचार्य , बिष्णु बि.क., अलकिना बम , बिष्णकला शाही , मिठठु शाहीको नाम सिफारिस गरिएको बैठकमा सहभागी धनजीत शाहीले जानकारी दिए ।