२७ असोज, इटहरी । नेपाली सेनाका पुर्व सेनापति रुकमागंत कटुवालले सवै नेपालीमा भाषा, धर्म, भुगोल र राजनितिक आस्था भन्दा पहिले हामी नेपाली भन्ने भावना हुनु नै नेपालको स्वाभिमान भएको बताएका छन ।

सुनसरीको इटहरीमा श्रीनाथ गणको २५६ स्थापना दिवसका अवसरमा श्रीनाथ गण पुर्व सैनिक समुहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पुर्व सेनापति कटुवालले भाषा, धर्म, भुगोल र राजनैतिक आस्थामा बाँडिनुको सट्टा नेपाल र नेपालीको स्वाभिमानका लागि आफु पहिले नेपाली भएको नविर्सीन आग्रह गरेका हुन ।

उनले नेपालमा पछिल्लो समयमा धर्म ,भाषा, इतिहास पढाउन छोडिएको तथा धर्म, भाषा, इतिहास परम्परामा आक्रमण भई रहेको भन्दै नेपाल र नेपालीका विषयमा बोल्ने कोही नभईरहेको समयमा पुर्व सैनिकहरुले नेपाल र नेपालीको स्वाभिमान बचाउन जाग्नु पर्ने बताएका हुन ।

उनले गाउँगाँउमा एकताको संदेश फैलाउनु पर्नेमा समेत जोड दिए । पुर्व सेनापति कटुवालले अहिले नेपालको अवस्था दयनीय रहेको समयमा घरघरमा राष्ट्निर्माता पृथ्विनारायण शाह र राजा महेन्द्रले सम्झनेहरु धेरै रहेको समेत दावी गरे ।

उनले सामाजिक रितीरिवाज परम्परा जर्गेनाका लागि समेत संदेश फैलाउने तर्फ युवाहरु अग्रस हुनु पर्ने वताए । कार्यक्रममा विरगति प्राप्त गर्ने सेनाका एकल महिला अन्य सामाजिक क्षेत्रमा योगदान गर्ने पुर्व सेनाहरु समेतलाई सम्मान गरिएको थियो ।