२७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनाव उठेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र राप्रपा अध्यक्ष पशुपति शम्सेर राणा दुबैले चुनाव जित्ने दाबी गरेको छ ।

काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै उम्मेदवार विजयी हुने दावी गरे । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराई गोरखा क्षेत्र नम्बर २ र र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट काँग्रेसको समर्थनमा उम्मेदवार बनेका छन् ।

काँग्रेसले मत बदर हुन नदिन सचेत रहन पनि आम मतदातालाई आह्वान गरेको छ । संयोजक खाँडले मत बदर हुन नदिन देशभर मतदाता प्रशिक्षण कार्यक्रम पनि संचालन गरिरहेको पनि जानकारी दिए ।