२८ कात्तिक, नवलपरासी। दुईसाता अघि नेपाली काँग्रेसमा प्रबेश गरेका उद्योगपति बिनोद चौधरीले आफु अब नेपाली काँग्रेसबाट राजनीतिमा सकृय रहने बताएका छन् । नवलपरासीको अमरापुरीमा आयोजित नेपाली काँग्रेसको चुनाबी सभामा पहिलो पटक बोल्दै चौधरीले कांग्रेसबाट सकृय राजनीतिको बिधिवत शुरुवात गरेको बताए ।

‘राजनितिमा चासो राख्दै आएपनि सकृय थिइन ’उनले भने ‘ आजैदेखि मेरो जिवन कांग्रेसको सकृय राजनितिमा सर्मपण गर्दछु । ’२०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसले लिएको उदार अर्थनीतिका कारण देश अहिलेसम्म संचालन भैरहेको बताउदै समृद्ध आर्थिक नितिले मात्र लोकतन्त्र बलियो हुने बताए ।

काँग्रेसले आफनो समेत सल्लाहमा त्यतिखेर लिएको गतिलो आर्थिक नितिका कारण २०४८ देखि २०५० साल सम्म देशमा धेरै रोजगारी र कलकारखाना खुलेको दृश्टान्त दिए । उनले औद्योकिरण र रोजगारीको हिसावले २०४८ देखि ५० सम्मको २ वर्ष नेपालको स्वर्ण बर्ष भएको बताए ।

नेपाली कांग्रेसले दिएको आर्थिक समृद्धि र बिकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारीलाई आफुले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चौधरीले नेपाली काँग्रेसले लिने आर्थिक निति र सम्पन्नताको खाका कोर्ने जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए ।

‘म बिदेश भ्रमणमा रहदा मेरो ब्यक्तिगत प्रगतिको प्रशंसा गर्नेहरुले देशको आर्थिक अबस्थाका बारेमा सोध्दा आफुसंग जवाफ नै नहुने गरेको स्मरण गर्दै उनले अब काँग्रेसले समात्ने आर्थिक नितिको बोटो नै भविष्यमा त्यसको उत्तर हुने’ चर्चा गरे ।

उनले देशमा संमृद्धिको पहिलो आधार स्थिर सरकार आबस्यक रहेको औल्याउदै १ सय ५४ स्थानमा एक्लै (प्रतिनिधि सभामा) उम्मेदवारी दिएको कांग्रेसले बहुमत ल्याउन आवश्यक रहेको बताए ।