२८ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । तर उनीहरुको परिचय खुलाइएको छैन । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख जयवहादुर चन्दले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिए । हत्याको एक महिनापछि प्रहरीले अभियुक्तहरु पक्राउ गरेको हो ।