३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना एकमात्र छोरा प्रकाश दाहालको अन्तिम विदाई गरेका छन् ।

आकस्मिक हृदयघातका कारण आज विहान निधन भएका प्रकाशको पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले छोरालाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

छोराको अन्तिम विदाई गरिरहँदा उनको आँखामा आँशु थामिएनन् ।अल्पायुमै निधन भएका प्रकाशको विदाई गरिरहँदा धेरैको आँखा रसाएका थिए ।