२२ वैशाख, एजेन्सी । पाकिस्तानको दक्षिण-पश्चिम प्रान्त बलुचिस्तानमा सैनिक र आतङ्ककारीबीच भएको भिडन्तमा तीन पाकिस्तानी सैनिकसहित २२ को मृत्यु भएको छ ।
सैनिकहरूले शनिबार राती पहाडी क्षेत्रमा पर्ने तिराह र खैबरमा आतङ्ककारी लुकेर बसेको स्थानलाई कब्जामा लिने क्रममा भएको भिडन्तमा ३ जना सैनिकको मृत्यु भएको थियो भने २२ जना आतंककारीको ज्यान गएको थियो ।
अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने तिराह उपत्यकामा पाकिस्तानी तालिवानी र अन्य आतङ्ककारी समूह लसकार इ इस्लामको नियन्त्रणमा रहेको जनाइएको छ ।
यस आक्रमणको पाकिस्तानी तालिवानी आतङ्ककारीले जिम्मा लिएको तालिवानीका प्रवक्ता इसानउल्लाह इसानले जनाएका छन् ।