almondजाडो महिनामा हामी सबै सधै रुघा खोकीबाट पिडित हुने गरेका छौ । त्यसैले अब यस्तो डाईट खानुस जस्ले तपाईलाई चिसोबाट त बचाउँछ नै र चिसोबाट हुने संक्रमण समेत रोकिदिन्छ । आँउनुस तपाईहरुकै भान्सामा हुने र पाईने खानेकुराको बारेमा चर्चा गरौ जसले तपाईलाई पुरै जाडो महिना भरी स्वास्थ्य रहन सहयोग गर्छ ।

अदुवा : अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ। यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मद्दत गर्दछ ।

तील : तील पनि हाम्रो भन्सामा सहजै पाईने खानेकुरा हो । हामी तीलका बिभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रनाली पनि सफा राख्दछ ।

दालचीनी : दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ। अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् ।

लसुन: लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ। लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ।

बदामः जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ। यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ। यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मद्दत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।