poultry farm२० जेठ,बेजिङ। चीनमा सोमवार एक कुखुरा फार्ममा आगलागी हुँदा कम्तिमा ५५ जनाको मृत्यु भएको छ ।
जिलिन प्रान्तमा रहेको मिसाजी शहरमा रहेको उक्त कुखूराम फार्ममा विदुतिय सिस्टममा विष्फोट भएको समाचार सस्था सिन्हुवाले जनाएको छ।

विष्फोट लगतै ठुलो आगो लागेपछी यति ठुलो मानविय क्षति भएको हो। १०० जना भने त्यहाँवाट उम्किन सफल भएका छन् ।
हाल उद्धार कार्य जारी रहेको छ।

कुखूरा फार्ममा १२ सय कामदार कार्यरत भएको फार्मका सञ्चालकले बताएका छन् । आगलागीका बेला फार्ममा ३०० जना कामदार रहेको बताइएको छ।